Lifestyle/ Health

बहुउपयोगी पुदिनाका २५ फाइदा !!

करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन मानव स्था स्थका लागि निकै उपयोगि छ ।औषधीय गुण भरीएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ ।

आजकाल चुईगम, दन्तमन्जन तथा माउथ फ्रेसमा समेत पुदिनालाई प्रयोग गरिन्छ । हिमाली क्षेत्रमा बाहेक तराई र पहाडका क्ष्ँेत्रमा सजिलै पाइने पुदिनाको स्वाद र सुगन्धले भोजनको रुचि बढाउछ ।अत्यन्त धेरै औषधीय गुण भएको पुदिनाका निम्न फाइदाहरु छन् :

  • १. नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँ टीमा मालिस गरे श्वास प्रश्वासको समस्या हटेर जानेछ ।
  • २. दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ ।
  • ३. हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ ।
  • ४. पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ ।

 

  • ५. गर्मीमा हुने मौसमी एलर्जी बाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ ।
  • ६. पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।
  • ७. पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
  • ८. पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ ।
  • ९. पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ ।
  • १०. शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ ।
  • ११. साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २/३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ ।

 

तर बहुउपयोगी गुण भएको पुदिनाको बढी मात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ साथै मृगौलामा समेत असर गरी पत्थरीको समस्या निम्त्याउछ ।

Related Articles

Back to top button
Close