Auto News

नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मू`ल्य ६० हजार भन्दा कम

काठमाडौं- बजाज मोटर साइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटर साइकल एसेम्वल गर्दै आएको छ ।नवलपरासीमा रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डोमिनार भारतबाट आयात हुँदा भन्दा सस्तो मू`ल्यमा कम्पनीले बि`क्री गर्नेगरि मू`ल्य सार्वजनिक गरेको छ । यसको बि`क्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीले जनाएको छ ।

यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटर साइकल केही समयको लागि ब`न्द समेत भएको थियो । भारतमा नै नयाँ प्रोडक्सन भएको यो मोटरसाइकल नेपालमा त्यही अनुरुप एसेम्वल गरेर बजारमा आउन लागेको कम्पनीले जनाएको छ ।सरकारले धेरै सीसीका मोटर साइकलमा गरेको कडाई प`श्चात डोमिनारको मू`ल्य वृ`द्धि भएर ५ लाख ८९ हजार ९ सय रुपैयाँमा बिक्री भएको थियो ।

हाल मेरोअटोलाई कम्पनी स्रोतले उपलब्ध गराएको नयाँ मूल्य सूची अनुसार बजाज डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पहिलाको तुलनामा नयाँ डोमिनारको मूल्य ६० हजारले सस्तो भएको हो ।

परिमाजर्न भएर आएको बजाज डोमिनार ४०० मा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डी`टीए`स–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आर`पी`ए`ममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर रहेको छ । यसको फ्रन्टमा ४३ एमएम ट्राझलिङ टेलिस्कोप फर्क र रियरमा मोनोशक रहेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।यसमा सुरक्षा फिचरको रुपमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

Related Articles

Back to top button
Close