Lockdown News

भर्खरै न्युरोडमा तनावग्रस्त, ठुलो संख्यामा प्रहरीहरु पुगे !

काठमाडौं । पसल ब्यवसाय सञ्चा`लन गर्दा प्रहरीले हस्त`क्षेप गरेर बन्द गराउन थाले पछि का`ठमाडौं न्युरोडका ब्यव`सायी सरका`रको विरो`ध`मा उत्रिएका छन् । मंगलवार पसल सञ्चालन गरेका ब्यवसायी र प्रहरीबीच झडप समेत भएको थियो । साना व्यापारी र व्यवसायीहरूले आफुहरुको अवस्था दयनिय हुन लागेको भन्दै सुरक्षा सतर्कता अपनाउँदै पसल खोल्ने निर्णय गरेका थिए । विहिवार वाट पसल खोल्न थालेका ब्यापारीलाई प्रहरीले हस्तक्षेप गरी बन्द गराएको थियो ।

मंगलवार काठमाडौंको न्युरोड र बालुवाटार क्षेत्रमा प्रहरी र ब्यवसायीबीच झडप भएको थियो । जिल्ला प्रशासन कार्यालयले पसल सञ्चालन गरेका ब्यवसायीलाई हस्तक्षेप नगर्ने बताइरहँदा प्रहरी भने आफुहरुलाई कुनै निर्देशन नआएको भन्दै बन्द गराउँदै हिडेका छन् । बुधवार न्युरोड क्षेत्रमा ब्यवसायी सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । उनीहरुले आफ्ना माग लेखेका प्लेकार्ड लिएर सडकमा लामबद्ध उभिएका छन् ।

व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेको देखिन्छ । सरकारले आफुहरुलाई भेदभाव गरेको स्याना ब्यापारीको गुनासो छ । बैंकको ऋण, पसलको भाडा तिर्न सक्ने अवस्था नभएकाले बाध्य भएर पसल सञ्चालन गर्नु परेको उनीहरुको माग छ । आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्नु पर्ने माग उनीहरुले राखेका छन् ।

लामो समयको लकडाउनले आफूहरू समस्यामा परेको भन्दै न्युरोड क्षेत्रका व्यापारीहरूले २२ गतेदेखि आफैँ पसल खोलेका थिए । तर त्यसको तीन दिनपछि एक्कासी प्रहरीले पसल बन्द गराएपछि उनीहरू रुष्ट छन् । बुधबार पनि पसल खोल्ने प्रयास गरेका उनीहरूलाई प्रहरीले रोकेको छ । यता बानेश्वरका व्यापारहिरुले पनि सहज रुपमा ब्यवसाय सञ्चालन गर्ने बातावरण नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मंगलवार विज्ञप्ती जारी गर्दै ब्यवसायीहरुले आफुहरुको विग्रदो अवस्था प्रति सरकार गम्भिर नभएर लकडाउन मात्र बढाएको भन्दै आपत्ती जनाएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले ‘लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगरी ब्यवसायीहरुलाई घर न घाटको अवस्थामा पुर्याएको बताएका छन् ।

Related Articles

Back to top button
Close