NewsThoughts

‘परिवार’ भन्दै पारस शाहले शेयर गरे हिमानी नाचेको भाई रल भिडियो !!

हिमानी नाच्दै गरेको उक्त भिडियो उनकी छोरिहरु पुर्णिका शाह र कृतिका शाहको अफि`सियल टिक टक एकाउन्टमा अप्लोड गरिएको थियो । अप्लोडको केही घन्टा बित्न नपाउदै भिडियोहरु एकाएक सामाजिक संजालमा भाईरल हुन थालेको थियो । हाल यो समाचार तयार गर्दै गर्दा सोही भिडियोको कारण पुर्णिकालाई पछ्याउनेको संख्या ५० हजार माथी छ ।

जबकी उक्त भिडियो अप्लोड गर्नुअघि उनलाई फलो गर्नेको संख्या ८/९ हजारको हाराहारीमा थियो । त्यस्तै कृतिकाको पनि टिकटक एकाउन्टमा फलो गर्नेको संख्या व्हात्तै बढेको छ । भिडियो अप्लोड अघि ६/७ हजारको हा`राहा रीमा फलोवर्सहरु रहेकोमा भिडियो भाईरल हुँदै गर्दा अहिले २० हजार माथिले कृतिकालाई पछ्याएका छन् ।

उता ‘गुरासको फेदमुनी’गीतमा छोरिहरु संग नाचेको भिडियोलाई २ लाख ५७ हजार बढिले हेरे भने २९ हजार लाईक, १२ सय माथी सकारात्मक प्रतिक्रिया र झन्डै २४ सयले शेयर गरेका छन् ।

त्यस्तै डिस्को म्युजिकमा छोरिहरु संग कम्मर मर्काएको भिडियोमा १ लाख १० हजार माथी भ्युज आएको छ भने झन्डै १० हजार लाईक, ३ सयको हाराहारीमा प्रतिक्रिया र ११ सय माथिले शेयर गरेका छन् । यता यी २ भिडियो भाईरल भएपछि कृतिकाको एकाउन्टमा अप्लोड गरिएको हिमानिको अर्को भिडियो पनि भाईरल भयो ।

जस्मा छोरी कृतिका संग ‘यो मन त मेरो नेपाली हो’ मा नाचेकी छन । अहिले सो भिडियोलाई १ लाख १० हजारको हाराहारीमा भ्युज आएको छ भने १० हजार नजिक लाईक, ३ सय माथी प्रतिक्रिया र ६ सयमाथी शेयर भएको छ ।

Related Articles

Back to top button
Close