Religious

आज मगंल चौथी, भगवान् गणेशको विशेष पूजाआजा गरिदै !!!

काठमाडौं – आज मंगल चौथी अर्थात भगवान् श्री गणेशको विशेष पूजा आराधना गर्ने दिन ।आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरि ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् ।

भगवान् गणेश`को जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आरा`धना गरेर मना`इने चलन रहेको छ।हिन्दु सं`स्कारमा मानि`सहरुले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरा`धना र स्मरण गर्ने गर्दछन्।`

भगवान् श्री गणेश लाई मंग`लकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मंगलबार लाई भगवान् गणे`शको दिनको रुपमा मान्ने चलन पनि छ।

भगवान् गणेश शुभ`फल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्र`द्धा पू`र्वक श्री गणे`शको व्रत लिनाले गणेश भगवान् प्रसन्न भइ व्रतालुहरुलाई चिता`एको फल प्रदान गर्ने धार्मिक विश्वास छ।

Related Articles

Back to top button
Close