News

आज महानायक राजेश हमालको जन्म दिन, कति औं वर्षमा पुगे ??

सुपरस्टार राजेश हमाल आज बाट ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युग देखि युग सम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए । यस फिल्म पछि उनले आफ्नो करि`अरमा कहिल्यै पछाडि फर्कि`एर हेर्नुपरेन ।

३ दशक लामो `फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् ।

राजेश हमालले आफ्नो विद्यालय स्तरिय शि`क्षा मस्को बाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्व विद्यालय बाट पूरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए ।

एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवता र वसन्ती सबैभन्दा मनपर्ने फिल्म हुन् । उनलाई नेपाली फिल्मका महा नायकु भनिन्छ ।राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चल`चित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उतिक्कै रोमान्चित छ ।

तर, ५० वर्षको उमेरमा वर्ष २०१४ मा उनले मधु भट्टराई` सँग विवाह गरे । अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तलाु हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । अचेल उनी श्रीमति मधुसँग विभिन्न देशको भ्र`मणमा निस्किरहेका हुन्छन् । केही वर्षदेखि उनी फिल्म निर्देशन गर्ने चर्चा छ ।

Related Articles

Back to top button
Close