Religious

यी हुन पशुपतिनाथ मा भक्तजनले पालना गर्नु पर्ने आच रण !!

पशुपतिनाथ हिन्दु धर्मालम्बीको महत्वपूर्ण तीर्थस्थल हो । भगवान पशुपतिनाथको दर्शन गर्न देश विदेश बाट ठूलो संख्यामा हिन्दू धर्मावलम्वीको भीड लाग्ने गरेको छ । पशुपतिनाथको दर्शन गर्ने भक्तजनहरुका लागि नि श्चित नियमहरु बनाइएका छन् । सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरुले पालना गर्नुपर्ने आचरण यस्ता छन्-

  • क. मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न निषेध गर्ने ।
  • ख. मन्दिर प्राङ्गणमा शान्त एवं धार्मिक तथा आध्या त्मिक वातावरण कायम गर्न सहयोग पुर्याउने ।
  • ग. उच्छृङ्खल तथा अशोभनीय गतिविधि नगर्ने ।
  • घ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा थुक्न, दिशा पिसाब गर्न र फोहोर मैला फाल्न नहुने ।
  • ङ. आफूले मन्दिरमा चढाउन लागेको भेटी, दान तथा दक्षिणा नगद भएमा नजिकैका भेटीपात्र तथा दानपात्रमा राख्ने वा राख्न लगाउने र अन्य कुनै द्रव्य वा जिन्सीको हकमा कोषमा दाखिला गरी त्यसको रसिद भरपाई लिने वा लिन लगाउने ।
  • च. अशक्त, अपाङ्ग व्यक्ति तथा बृद्ध बृद्धाका लागि अग्रीम दर्शन गर्न यथोचित सहयोग गर्ने वा गराउने ।
  • छ. पूजा कार्यमा संलग्न भट्ट भण्डारीहरुसँग मर्यादित व्यवहार गर्ने ।
  • ज. मन्दिरमा सेवा लिए वापत कुनै पनि पूजारी, भण्डारी, कर्मचारी। सुरक्षाकर्मी तथा अन्य व्यक्ति विशेषलाई नगद, जिन्सी उपहार नदिने ।
  • झ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा क्यामरा, मोबाइल फोन तथा यस्तै अन्य विद्युतीय उपकरण प्रयोग नगर्ने ।
  • ञ. निर्धारित स्थानमा बाहेक अन्य स्थानमा धुप वत्ति बाल्न नहुने ।
  • ट. जुत्ता चप्पल लगाई मन्दिर प्रबेश गर्न नहुने ।
  • ठ. मन्दिर प्राङ्गणमा चुरोट, विडी, खैनी, पान तथा अन्य सूर्तीजन्य वस्तु प्रयोग नगर्ने ।
  • ड. मादक पदार्थ सेवन गरी मन्दिर प्रवेश नगर्ने ।
  • ढ. पशुपति क्षेत्रमा रहेका देवदेवीका मूर्तिमा क्षति पुर्याउने नहुने ।
  • ण. निर्धारित सुरक्षा व्यवस्थाको पालना गर्ने ।
  • त. मन्दिर प्राङ्गणभित्र कोषले तोकेको स्थानमा मात्र धार्मिक कार्य गर्ने ।
  • थ. तोकिएको स्थानमा बाहेक अन्य स्थानमा सवारी साधन ल्याउन वा रोकी राख्न नहुने ।

Related Articles

Back to top button
Close