NewsVideos

जनताको माग : अबको प्रधानमन्त्री कुलमान घिसिङ

कुलमान घिसिङ अहिले चर्चामा रहेकामध्ये एक हुनु । उहाँको आँसु , रोदनभित्र मुलुकको आशा भरोसा अनि विकृति र कुण्ठा पनि सँगसँगै चर्चामा छ । आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के हण्डरहरू खाए ? भने सन्दर्भमा योहो टेलिभिजनको पीवाईएल सो (PYL SHOW) कार्यक्रममा कुलमान घिसिङसँग गरिएको रोचक कुराकानी ।

रामेछापको दुर्गममा गाउँको सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङले विद्यालय पढ्दाको अनुभव यसरी सुनाउँ छन् :

गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो समेत बसेको हुन्थ्यो ।

काठमाडौँलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्न् मैले काठमाडौँ आएपछि नै हो, बिजुली देखेको । विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौँमा आएर बिजुली देखे, तब उनले कसम खाए मेरो गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उहाँले गाउँमा बिजुली बालिसकेका छन् । उहाँले आफ्नो गाउँमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन्न् ।

कुलमान घिसिङ जब नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?

थप जानकारीका लागि पुरा भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button
Close