News

हवाई भाडामा भारी छूट भएपछि, बसमा भन्दा सस्तो टिकट, असार १७ वाट आन्त रिक उडान सुरु

काठमाण्डौ – लकडानका कारण लामो समय देखि बन्द रहेको आन्तरिक उडन अब असार १७ गतेवाट सञ्चालन गर्न सरकारमा प्रस्ताव लगिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ। ब`न्दाबन्दी`का कारण लामो समय उडान भर्न नपाउँदा वायुसेवा अप्ठेरोमा पर्न लागेको छ ।

प्राधिकरण र हवाइ व्यवसायी सँग भएको छलफल पछि मन्त्रा`लयमा यस्तो प्रस्ताव लैजा`ने सहमति भएको हो । म`न्त्रालयको तर्फवाट आइत`वार नै सो प्रस्ताव मन्त्रीप`रिषद् बैठकमा पेस गर्ने जनाईको छ । लकडाउन खोल्ने वा आन्तरिक उडान कहिले खुल्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषदले मात्रै गर्छ। वायुसेवा कम्पनी बीचको छलफल पछि निजी कम्पनी`हरुले टिकट बुकिगं खोल्ने तयारी समेत गरेका छन् । मन्त्री`परिषद् बै`ठकले आज सो प्रस्ताव पास गरे भोली वाटै आन्तरि`क उडानको लागि सोमबार बाट बुकिङ सुरु गर्ने नीजि उडान कम्पनीहरुले जनाएका छन् ।

हवाई भाडामा भारी छूट भएपछि, बसमा भन्दा सस्तो टिकट !

पोखराको रु २७० घटाएर रु ६९५ बनाइएको छ । काठमाडौँ–धनगढीको साविकको रु तीन हजार ९७५ बाट रु एक हजार १०५ घटाई रु दुई हजार ८७० निर्धारण गरिएको छ । काठमाडौँ–नेपालगञ्जको रु ८१५ घटाई रु दुई हजार ११५ बनाइएको छ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ५५८ र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णय अनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणाली अनुसार हवाई इन्ध`नको मूल्य समा`योजन गर्ने निर्णय गरि`एको सङ्घका महा`सचिव योगराज कँडेल शर्माले बताउनुभयो ।

कोभिड–१९ महा`मा`री निय`न्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्रा`ष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरि`एको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।

Related Articles

Back to top button
Close