Lockdown News

काठमाण्डौ उपत्यकामा ब`ढ्यो गा`डीको चाप, ६ घण्टामा ११ सय गाडी कार`वाहीमा !!

काठमाण्डौ, २५ जेठ । काठमाण्डौ उपत्यकाका अन्य दिनको तुलनामा आइत`वार सवारी साधनको चाप बढेको ट्रा`फिक कार्यालयले जनाएको छ । आइतवार वाट केही सरकारी कार्यालय खोल्ने सरकारी निर्णयसंगै उद्योग र कलका`रखाना समेत खुलेका कारण पनि सवारी चाप बढेको टफिक प्रहरीको भनाई छ ।

काठमाडौंको मुख्य सडकहरुमा गाडीको चाप बढेपछि ट्रा`फिक जाम पनि भएको छ । सवारी पास नलिएकाहरु पनि सडकमा देखिएपछि प्रहरीले त्यस्ता सवारी धनीलाई कारवाही समेत गरेको छ । आइतवार मात्र ६ घण्टाको अवधिमा ११ सय ५ वटा गाडीलाई होल्ड गरिएको प्रहरीले जनाँएको छ । पास नलिएर हिँडेकाहरु लाई प्रह`रीले हो`ल्ड गरेको हो ।

लकडाउ`न उल्लं`घन बढ्न थालेपछि आइतवार ट्रा`फिक प्रह`रीले चेकजाँच लाई समेत कडा पारेको जनाएको छ । हिजो शनिबार र पानी समेत परेकाले उपत्यकाभित्र गाडीको चाप केही कम देखिए पनि आज अलि बढेको ट्राफिक प्रहरी महा`शाखाले जनाएको छ ।

लक`डाउनले जनजीवन र आर्थिक क्रियाक`लापमा समेत असर पर्न थालेका कारण मानिसहरु लकडाउनको पर्वाह नगरी काममा नि`स्कन थालेका छन् । सडकमा साना र निजी गाडीहरु अरु दिनको तुलनामा धेरै चलेका छन् ।

Related Articles

Back to top button
Close