News

भोलि देखि सबै मालपोत कार्यालय खुल्ने

काठमाडौं । कोरोना म हामा री र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेका मालपोत कार्यालयहरु आइतबार देखि खुल्ने भएका छन् । भूमि ब्यवस्थापन तथा अभिलेख विभागले आइतबारबाट मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने सूचना शुक्रबार प्रकाशित गरेको छ ।

भूमि ब्यवस्थापन विभागको महानिर्देशकमा शेषनारायण पौडेल आएपछि उनले मालपोत कार्यालयहरु बाट आंशिक सेवा दिने प्रक्रिया अगाडि बढाएका हुन् । उनकै नीति अनुसार विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीको हस्ताक्षरमा मातहतका कार्यालयहरुलाई आइतबार बाट कार्यालय खोल्न र काम सुचारु गर्न परिपत्र गरिएको छ ।

Related Articles

Back to top button
Close