Lockdown News

क्वारेन्टाइन मै भयो जातिय विभेद , “पण्डित हु भन्दै दलितले पकाएको खाना बहिष्कार “

अर्घाखाँची,२२ जेठ । अर्घाखाँचीमा द’लित युवकले प काएको खाना कथित माथ्लो जातका केही व्यक्तिले ब’हिष्कार गरेका छन् । मालारानी गाउँपालिका–४ खन चुँदार`टोलको समाज कल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घ’टना भएको हो ।

वडा कार्यालय मार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्ण बहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् । उनले पकाएको खाना दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार बहिष्कार गरे । त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए ।

‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘द’लितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिनुभयो ।’ द’लितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

‘द’लितले पकाएको भात उपल्लो जातिले खानु/नखानु उसको व्यक्ति`गत स्वतन्त्रता हो, मन्दिरको पुजारी हुँ, द’लितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारियो,’ वडाध्यक्ष पोखरेलले भने, ‘क्वारे`न्टाइनमा राख्दा जातीय रुपमा हेरिएन । सबैलाई एकै ठाउँ राखेका छौं ।’ द’लित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलित माथि जातीय विभेद गरेको बताइन् । ‘एउटै गाउँका छिमेकी बीच जा’तीय द्व’न्द्व ल्याउने काम भयो,’ उनले भनिन् ।

Related Articles

Back to top button
Close