Videos

सरीता गीरीलाई गंगा चौधरीको जवाफ : संसदमा हिन्दीमा भाषण गर्न पाइदैन (भिडियो)

काठमाडौँ – नेकपा सांसद गंगा चौधरीको भनाइप्रति सरिता गिरीले आपत्ति जनाएकी छिन्। चौधरीले आफ्नो मान म`र्दन हुने गरी संसदमा आपत्ति जनक अभि`व्यक्ति दिएको भन्दै विरोध जनाएकी हुन्। जेठ १९ गतेको बैठकमा सांसद चौधरीले ‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको’ भन्दै गिरीले संसदमा व्यक्त गर्दै आएको भनाइप्रति आपत्ति जनाएकी थिइन्।

नेपालले एक पक्षीय रुपमा नक्सा सावर्जनक गरेर भारतलाई चिढ्याएको भन्दै गिरीले पटक पटक आवाज उठाएपछि त्यसको जवाफ स्वरुप चौधरीले त्यसप्रति लक्षित गर्दै कडा अभिव्यक्त दिएका थिइन्। जेठ १९ को बैठकमा चौधरीले भनेकी थिइन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना?’

चौधरीको उक्त भनाइप्रति शुक्रबार सांसद गिरीले भनिन्, ‘मेरो पदको गरिमा नभए भौतिक आ`क्र`मणमा उत्रि सक्थे। म प्रेम र सद्भावको `भाषा बोल्न चाहन्छु। उहाँले दिएको अभियव्य`क्तिलाई कानुनी कार`बाही गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’गिरीले मिडियामा आएको गलत विषयलाई लिएर आफ्नो आलोचना गर्नु आपत्ति जनक हरेको बताइन्।‘मि`डियामा आएको गलत विषय लाई लिएर मप्रति आलोचना गर्नु बेकार हो। सांसदले बोल्दा सत्यतथ्य बुझेर बोल्न आ`श्यक छ। यसअघि त दलाल भन्नुहुन्थ्यो, यसपटक चेली भन्नुभयो त्यसमा खुशी लागेको छ।’

उनले चौधरीले चीनको इशारामा अभि`व्यक्ति दिएको आरोपसमेत लगाइन्। ‘मलाई आशंका छ चीनको इसारामा मलाई आरोप लगाएको त होइन? म नेकपालाई आग्रह गर्न चाहन्छु, आफ्ना सांसदलाई ठीक गरी प्रशिक्षित गर्नुहोस्। बुद्धका सन्तानको रगत उम्मान्ने काम नगर्नुहोस्, गिरीले अगाडि भनिन्, ‘म घृणाको शब्द संसदको रेकर्डबाट हटाउन आग्रह गर्दछ।’

जेठ १९ गतेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागिरी बढेको बताएकी थिइन्। त्यसपछि शुक्रबारको संसद बैठकमा सरिता गीरीले भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको बताउदै ‘नेपालको कानुनअनुसार संसदमा आएको बताइन।सुनौलो नेपाल मार्फत त्यसको जवाफ फर्काउदै सांसद चौधरीले भारतबाट बिहे गरेर आउने चेलीलाई भारतीय चेली नै भन्ने बताईकी छन् ।

Related Articles

Back to top button
Close