Weather Forecast

आज मुलुकभर २४ घण्टा सम्म व`र्षा हुने !!!

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महा शाखाले अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभाव सँगै स्थानीय र पश्चि मी वायुको प्रभावले आज दिनभर जसो र राति पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने महाशाखाले जनाएको छ ।

महा-शाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू-भागमा वर्षा भइरहेको छ । दिउँसो सम्म बाँकी प्रदेशमा पनि वर्षा हुनेछ । यो क्रम राति सम्म नै कायम रहने महा-शाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close