Thoughts

अब राजा र सेना मिल्नु बाहेक कुनै विकल्प छैन !!!

अब राजा र सेनाहरु एक आपसमा मिल्नुपर्छ। राजा र सेनाहरु मिल्नु बाहेकको अरु कुनै विकल्प मैले देखेको छैन ।राजा र सेनाहरु मिली प्रधान मन्त्री, मुख्य मन्त्री, मन्त्री, सांसदहरू, सभासदहरु, राजनीतिक दलका नेताहरू, नगर प्रमुख, उपमेयर, वडाध्यक्ष, सदस्य र बाटो बनाउने ठेकेदार आदि आदि जस्ता जोसुकै होस गल`त काम गर्नेहरुलाई कार्वाही गरी राज्यकोष ढुकुटी दुरुपयोग बाट आर्जन गरेको अवैध सम्पत्ति राष्ट्रि`यकरण गरी मुलु`कको विकास निर्माणमा लगाउनुपर्छ ।

हाम्रो मुलुकमा सबैभन्दा कमी कम`जोरी नै न्या`यलयमा छ । न्यायलय नै नि`ष्पक्ष छैन ।यसकारण दण्ड`हीनता दिन प्रतिदिन बढदै गएको छ ।ठुला बडालाई चैन सानालाई ऐन भने जस्तै छ ।पुष्पकमल दाहालले स्वतः मैले पाँच हजार मान्छे मारेको हो भनेर सामाजिक संजाल र मिडियामा आइरहेको छ कार्वाही हुँदैन किन ?

सर्वोच्च अदालतमा अग्नि सापकोटा विरुद्ध अर्जुन बहादुर लामा लाई मारेकोमा रिट पर्न गएको थियो । तर सर्वोच्च अदालतले अग्नि सापकोटा लाई कार्वाही गरेन किन ? सबभन्दा खराबी नै न्यायलयमा छ ।सर्वोच्च अदालतका बु`द्धि`जीवी प्रधानन्या`याधीशहरु, न्याया`धीशहरु रहनु भएका र हाल भएका त्यस्तै जिल्ला अदालतका र पुनरावेदन अदालतका न्यायाधीशहरु तथा बुद्धिजीवी वकीलहरुलाई मेरो पहिलो प्रश्न छ राजनीतिक गर्ने हरुलाई नेपालको कानुनले जस्तोसुकै अपराध गर्न पनि छुट दि राखेको छ होइन र ?न्यायलयको गलत निर्णयको असर जनमानसमा देखा पर्न थाली सकेको छ।नेताहरुलाई भने केही नहुने हामी सर्वसाधारणलाई मात्र कानुन ?

सर्वोच्च अदालत, जिल्ला अदालत र पुनरावेदन अदालतका बुद्धिजीवी प्रधानन्यायाधीशहरु, न्यायाधीशहरु र वकीलहरु लाई मेरो दोस्रो प्रश्न नेपालमा अब तीस हजार मान्छे मार्नेको उदय भयो भने के गर्नुहुन्छ ? एउटाको देखासिकी अर्कोले गर्छ होइन र ? सत्र हजार मार्ने हरुलाई छुट दिने न्यायालयले पक्कै पनि तीस हजार मार्ने हरुलाई कसरी सजाय दिन सक्छ ?यसकारण वास्तविकमा मेरो भनाई के हो भने न्यायालय निष्पक्ष हुनुपर्छ ।

हाम्रो मुलुकमा विकास निर्माणको नाममा जताततै ठगी गर्ने काम भै रहेको छ । बाटो,सडक, नाला र पुल निर्माण गर्ने भन्यो काम चलाउ मात्र बनाउने अझै प्रायः गरेर महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुले दिएको बाटो, नाला र पेटी बनाउने ठेक्का पट्टामा झनै लापरबाही गरी राज्यकोष ढुकुटीको दुरुपयोग भै रहेको छ ।नगरहरुमा बाटो निर्माण गर्ने नाममा सुस्त गतिले काम गर्ने र जताततै खाडलहरु खनी अलपत्र पारेर नगरवासीहरुलाई सास्ती र दुख दिने कार्य सम्म भइरहेको छ । यसतर्फ ध्यान दिने कसले ? जता हेर्यो उतै लथालिङ्ग छ ।

चित्त बुझाउने ठाउँ कतै बाट छैन ।विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्रीहरु, सभासदहरु, सांसदहरू र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । इतिहासमा नै विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट चलेको छ भन्ने कुरा हामी सबैलाई जग जाहेर नै छ ।यसकारण राजा र सेनाहरु छिटो भन्दा छिटो मिलिजुली अब मुलुकको विकास निर्माणमा सराहनीय भुमिका खेल्नुपर्छ र मुलुकलाई सहि दिशा तर्फ लानुपर्छ भन्ने मेरो चाहना रहेको छ । भुकम्प पीडितहरुको नाममा आएको राहतहरु समेत पचाउन पछि परेनन । लुटतन्त्र हो यो । हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो सहि सदुपयोग भएन ।

स्वतन्त्र नेपाली नागरिकः
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२

Related Articles

Back to top button
Close