Lockdown News

लकडाउनको न`याँ मोडा`लिटी अनुसार सञ्चा`लनको लागी क्षेत्रहरु वर्गी`करण !!

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधि`कारी(सी.डी.ओ.) हरुले लकडा`उनलाई खुकुलो बनाउने जनाएका छन् । उनीहरुले नयाँ मो`ड्यालिटि बनाएर कोभिड-१९ बाट बच्न सुर`क्षाका वि`भिन्न उपाय अपनाई लकडा`उनलाई खुकु`लो बनाउने जान`कारी दिएको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।

नेपालका अध्यक्ष श्रेष्ठले बिहीबार तीनवटै प्रमुख जिल्ला अधि`कारीहरु समक्ष को`भिड-१९ बाट बच्न सुर`क्षाका वि`भिन्न उपाय अपनाई लक`डाउनलाई खुकुलो पारेर व्यव`सायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका थिए ।

यी सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिका`रीहरुले सकारात्मक रुपले लिएका चेम्बरका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरुसँगको भेटमा उक्त सुझाव पेश गरेका हुन् ।

काठमाडौं उपत्यकामा व्यवसाय सञ्चालन गर्नलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरिएको छ । यस विषयमा बिहीबार काठमाण्डौ, भक्तपुर र ललितपु`रगरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहमति जनाए पश्चात उपत्यकामा व्यवसाय सञ्चालन गर्नलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार व्यवसायलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरी सञ्चालन गर्न सकिने प्रस्तावमा तीनै जिल्लाका प्रजिअहरुले सहमति जनाए पश्चात व्यावसायका लागी रेड जोन, यल्लो जोन र ग्रीन जोन गरी तीन क्षेत्रमा वर्गीकरण गर्ने र कुन क्षेत्रमा के के खुलाउने भन्ने विष`यमा व्यापक छलफल भएको थियो । व्यावसाय सञ्चालनको विषयमा गरिएको छलफलमा साँझ ८ बजेदेखि विहान ५ बजे सम्म सबै क्षेत्रमा लकडाउन कडा पार्ने र अन्तर प्रदेश सडक स`ञ्जाल तथा हवाई यात्रा सबैतिर बन्द गर्ने चेम्बरले प्रस्ताव राखेको छ ।

उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजे`शकाजी श्रेष्ठ सहितका प`धिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थिति रहेको थियो । उपस्थित सबैले लकडाउनको समयमा व्यवसाय सञ्चालन गर्ने विधिका विषयमा छलफल गरेको जनाईएको छ ।

Related Articles

Back to top button
Close