Lockdown NewsNews

बिहान ११ बजे सम्म सबै प्रका`रका पसल खो`ल्ने व्यव_सायीको निर्णय !!

काठमाडौं । कोरोना भाइरसको वि`श्व व्यापी असरले यति बेला नेपालको अर्थ`तन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दा बन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब्याजदर तिरेर उद्योग व्यवसायमा लगानी गरेकालाई झनै समस्या भएको छ ।

नेपाल राष्ट्रिय व्यवसा`यी महा`संघले भोलि बाट बजार खोल्ने घोषणा गरेको छ । लकडाउन घोषणा भएको ७२ औं दिनका दिन ब्यबसायीहरुले अब अत्ति भएको र गरिखानका लागी पनि बजार खोल्नपर्ने भन्दै बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

आज बसेको महासंघको निर्णयले भोलि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गर्दै एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेको छ । विज्ञ`प्तिमा उपत्यका भित्रका सबै`खाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महा`वौ`द्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्ने उल्लेख छ । महा`संघका अध्यक्ष नरेश कटु`वालका अनुसार उपत्यका बाहि`रका मुख्य–मुख्य सहरका समेत बजार खुल्नेछ ।

बैंकले साँवा ब्या`जको ताकेता गर्दा, घरबेटीले घर`भाडा माग्दा टुलुटुलु हेरेर बसेको सरकारको निर्णय मान्दा अब चल्नै नसकिने अवस्था आउने भन्दै अब व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको व्यवसा`यीहरुले बताएका छन् ।

त्यस्तै यस्तो समयमा आ`न्तरिक राजश्व विभागको कर विवरण तथा कर बुझाउनेसम्बन्धी सूचनाले प्रदेश नं ५ का उद्योगी व्यवसायीले आफूहरुलाई आक्रोसित बनाएको बताएका छन् । विभागले यही जेठ २५ गतेभित्र कर बुझाउनका लागि सूचना प्रकाशित गरी समयमा कर नबुझाए जरिवाना लाग्ने जनाएको छ ।

उद्योगी व्यव`सायीले भने केही समय कर दाखिला गर्न सक्ने अवस्था नभएको बताएका छन् । बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प रहेकाले सरकारले भनेको समयमा कर तिर्न नसक्ने उनी`हरुको भ`नाइ छ । जेठको ३२ गतेसम्म सरकारले बन्दाबन्दी घोषणा गरेकाले जेठ २५ गतेभित्र कर बुझाउन भन्नु अव्यावहारिक भएकाले निर्णय फिर्ता लिन उद्योगी व्यवसायीका सङ्घ सङ्गठनले माग गरेका छन् ।

Related Articles

Back to top button
Close