Corona (COVID-19) Updates

खुशीको खबर: नेपालमा कोरोनालाई जितेर घर फर्कनेको सं`ख्या २ सय ७८ पुग्यो !!

काठमाडौँ – देशभरका विभिन्न स्वास्थ्य प्रयोग शालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्र`मण पुष्टि भएको स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले आज जनाएकोे छ । तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यस सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ ।

यसै गरी कोरोनाका कारण दोला`खाका ७६ वर्र्षीय पुरुषको उपचारका क्रम`मा आज नि`ध`न भएको मन्त्रालयले जनाएको छ । उहाँ यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनाम`ङ्गलमा उप`चारका लागि भर्ना हुनुभएको र ‘हेमोरा`इजिक स्ट्रोक’ देखिए पछि अप्रेसन गरिएको थियो । साथै जेठ १५ गते स्वाब परीक्षण पश्चात कोरोना सङ्क्र`मण देखिएपछि थप उपचा`रका उहाँलाई त्रिवि शिक्षण अस्प`ताल लगिएको थियो । यो सँगै नेपाल`मा कोरोनाका कारण नि`ध`न हुनेको सङ्ख्या` नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै आज मात्रै १२ जना सङ्क्र`मित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २७८ पुगेको छ । पछिल्लो २४ घ`ण्टामा मुलुक`भर पि`सि`आर विधिबाट चार हजार ९२४ र आर`डि`टी विधि बाट चार हजार ३४ परीक्ष`ण गरिएको उहाँले जानका`री दिनुभयो । हाल मुलु`कभर एक लाख ५५ हजार ८६८ व्यक्ति विभि`न्न क्वारे`न्टिनमा छन् । नेपालमा हाल सम्म ६४ जिल्ला`मा कोरोना सङ्क्र`मण फैलिएकोे छ ।

Related Articles

Back to top button
Close