Informatio technology

खुशीको खबर : लकडाउनमा विद्यार्थी`हरु पढ्न नेपालभर निःशु`ल्क इन्टरनेट उप`लब्ध गराईने

काठमाण्डौ – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसङ्घले माग गरेको हो ।

नेविसङ्घले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य सङ्गठनले कोरोनाले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पार्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले नेटवर्क युटिलाइजेसनमा ब्यालेन्स पनि हुने र अनावश्यक दबाब पनि नपर्ने गरी बिहान ५ बजे देखि १० बजेसम्मका लागि सस्तो दरमा इन्टरनेट उपलब्ध गराइएको बताउनुभयो ।

काठमाडौं । नेपाल टेलिकमले सारा नेपालीका लागि खुशी बाँडेको छ । टेलिकमद्धारा वितरित सिम कार्डमा खुशीको उपहार बाँडेको हो । ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आजै (सोमबार) राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो ।

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ । सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एस.एम.एस. मार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ

Back to top button
Close