Lockdown News

काठमाण्डौका यी ठाउँहरुमा लकडाउनको बि रोध गर्दै आज बाट पसल खुल्ने !

काठमाडौँ । सरकारले सबै भन्दा लामो लकडाउन लगायो भन्दै यतिबेला काठमाण्डौका व्यावसायीहरु आक्रोशित बनिरहेका छन् । जेठ ३२ गतेसम्म थपिएको लकडाउनको मोडालिटी पनि अहिलेसम्म तय नगरेको भन्दै आक्रोशित व्यावसायीहरुले राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसाय आजबाट सुरु गर्ने भएका छन् ।

दरबारमार्ग क्षेत्रका व्यवसाय शुरु गर्नकोलागी दरबारमार्ग डेभलपमेन्ट बोर्डले मंगलबार अनौपचारिक छलफल गरेको थियो । सोही छलफलकै आधारमा बोर्डले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय संचालन गर्ने निर्णय गरेको हो । छलफलमा सहभागी एक व्यवसायीका अनुसार बुधबार सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने निर्णय भएको छ । बुधबार थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय समेत भएको जनाइएको छ ।

लकडाउनका कारण व्यापार व्यावसायहरु सबै थप्प भएको हुनाले आम्दानी हुन नसकेको अवस्थामा सरकारले व्यवसायीलाइ कर तिर्न तोकता गरिरहेको छ । यस्तो अवस्थामा व्यापसायीको हितमा कुनै पनि प्याकेज सरकारले नल्याएको र व्यापार व्यवसाय गर्न नदिएको भन्दै उनीहरु यतिबेला आक्रोशित भईरहेका छन् ।

यसै क्रममा ‘पसल खोल्न देऊ’

बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै जोरपाटी चोकका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ र ६ क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीले मङ्गलबार विरोधस्वरुप बजार खोलेका हुन् । पसल खोल्न नदिए सटर भाडा सरकारले तिरिदिनुपर्ने जोरपाटी व्यापार सङ्घको माग छ । अरु धेरै व्यवसाय खुला हुँदा पनि कपडा, जुत्ता, मोबाइललगायत केही मात्र बन्द रहेकाले खोल्न बाध्य हुनुपरेको व्यवसायी आत्माराम चौलागाईंले बताउनुभयो । कम मानिस आउने र सामाजिक दूरी कायम गरेरै खोल्न सकिने व्यवसाय बन्द गर्नु नपर्ने माग व्यवसायीको छ ।

जोरपाटी चोक क्षेत्रका करिब ४० अत्यावश्यक सेवाबाहेकका पसल खुलेपछि महानगरीय प्रहरी वृत्त बौद्धले बन्द गर्न अनुरोध गरेको थियो । घरबेटीले भाडा पनि छुट नदिएको, रोगसँग भन्दा भोकले समस्या भएको भन्दै पसल खोलेपछि स्थानीय सरकार, व्यवसायी र प्रशासनका बीचमा वार्ता भएको वृत्तका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासङ्घसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

Related Articles

Back to top button
Close