Science & Tech News

एन`सेल`ले ग्राहक बाट ३२ करोड बढी ठगी गरेको पु`ष्टी, कम्पनी कार`बाहीमा !

`रन्जन कोइराला, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनी एनसेल लाई अन`धिकृत रुपमा विभिन्न भ्यालु एडेड सर्भिस (भास) सञ्चा`लनमा ल्याएको भन्दै जरिवा`ना गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट स्वीकृती नलिएरै भासको नाममा ग्राहक ठगेको ठहर गर्दै नियामकले विभिन्न शीर्षकमा कूल साढे १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय लिएको हो ।

एनसेललाई कारबाही गर्ने विषयमा अघिल्लो सोमबार बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको भएता पनि हिजो सोमबार बसेको बैठकमा हस्ता क्षर हस्ता क्षर भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।‘सोमबार बसेको बोर्डले एनसेललाई कारबाही गर्ने निर्णयमा हस्ताक्षर गरेको छ,’ उनले भने, ‘एनसेलले प्राधिकरण बाट स्वीकृत नै नलिएर कतिपय भास सञ्चालन गरेको पाइयो । त्यसै आधारमा बोर्डले एनसेललाई कारबाही गर्ने निर्णय गरेको हो ।’

प्राधिकरणको छानविनका क्रममा एनसेलले अनुमतिपत्रको शर्त विपरित काम गरेको, अनुमति नलिएरै ‘लभ डिटेक्टर’ र ‘भ्वाईस म्याजिक नामक’ नामक भ्यालू एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको पाइएको थियो ।अनुमतिपत्रले तोकेको शर्त उलंघन गर्दै एनसेलले विभिन्न सेवा अफर समेत सञ्चालनमा ल्याएको पाइएको छ । जसमा होली अफर, भ्यालेन्टाइन अफर, शिवरात्री अफर लगायत रहेका छन् । नियामकको बोर्डले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कम्पनीलाई अधिकतम रकम ५ लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त दफाको दुई नम्बर बुँदामा ऐन बमोजिम अनुमति अलिई वा अनुमतिपत्रमा उल्लिखित शर्तको पालना नगरी दुरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

ऐनको सोही व्यवस्था लाई आधार बनाएर प्राधिकरण बोर्डले लभ डिटेक्टर र भ्वाईस म्याजिक नाम भासको प्रकरणमा समेत कारबाही गरेको छ । करीब दुई वर्ष अघि एनसेलले नियामकको अनुमति बिना लभ डिटेक्टर सेवा सञ्चा`लनमा ल्याएको थियो । प्राधिकरणबाट एनसे`लले उक्त सेवा सञ्चालनका लागि स्विकृती नै नलिएको र उक्त सेवाले विकृति ल्याउने भन्दै तत्कालै रोक्न निर्देशन समेत दिएको थियो । उक्त निर्देशन पछि सेवा रोकिएको भएता पनि त्यस मार्फत एनसेलले ग्राहकबाट १४ करोड रुपैयाँभन्दा बढी रकम असुल गरेको पाइएको छ ।

त्यस्तै निया मकबाट स्विकृ`ति नै नलिई एन`सेलले सञ्चा`लनमा ल्याएको अर्को सेवा ‘भ्वाईस म्याजिक’ मार्फत कम्पनीले ग्राहकबाट झण्डै १८ करोड रुपैयाँ आम्दानी गरेको अध्ययनले देखाएको थियो । कानून विपरित रुपमा स्विकृति नै नलिई सेवा सञ्चालन गरी ग्राहकबाट ३२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्राधिकरणले यी दुवै सेवाको नाममा एनसेललाई पाँच/पाँच लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

त्यस्तै दुई वर्ष अघि देखि एको अटो रिन्युको नाममा ग्राह`कबाट रकम अशु`लेको अर्को आरोपमा प्राधिकर`णले कम्प`नीलाई थप ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको भास ग्राहको मोबाइलमा स्वचालित रुपमा सुरु हुने र स्वचालित रुपमै नवीकरण समेत हुने गरेको नि`यामकको छानविन`बाट देखिएको छ । कारबाहीसँगै प्राधिकरणले यस्ता भासको अटो रिन्यू हुने समस्यलाई तत्कालै हल गर्न समेत निर्देशन दिने निर्णय गरेको अध्यक्ष खनालले बताए ।

Related Articles

Back to top button
Close