International News

सिमाना र`क्षा गर्न भारतले यसरी प्रयोग गर्छ गोर्खा सैनिक, लद्दाकमा नेपाली नै ल’ड्दैछन् चिनियाँ सैनिक संग (भि डियो हेर्नुस्)

काठमाडौं । भारत र चीनको सिमाना लद्दाख क्षेत्रमा विगत एक महिना यता थुप्रै पटक झ’डप भएको छ । सो क्षेत्रमा भारत र चीन दुवै देशले सुरक्षाकर्मीको संख्या बढाएका छन् । भारतले चीनसँग सीमा विवाद बढ्दै जाँदा निरन्तर झ’डप भइरहेको लद्दाख क्षेत्रमा भारतले गोर्खा सैनिक परिचालन गरेको खुलेको छ । भारतले सिमा विवाद भएका स्थानमा यस अघि पनि गोर्खा सैनिकलाई प्रयोग गर्दै आएको छ ।

चीनसंग भएको सिमा विवाद होस् वा पाकिस्तानसंग भारतले गोर्खा सैनिकलाई नै पहिलो लाइनमा प्रयोग गर्ने गरेको छ । हालै सार्वजनिक भएको एक भिडियोमा लद्दाक क्षेत्रमा नेपाली आवाज सुन्न सकिन्छ । सामाजिक स`ञ्जालमा भाइरल भएको सो भिडियोमा भारतीय सेनाले चीनको एउटा गाडी नि’यन्त्रण’मा लिएका छन् ।

एक जना चीनीया सेना पनि क’ब्जामा लिएको भिडियोमा देख्न सकिन्छ । सो भिडियोमा नेपाली आवाज सुनिन्छ । गोर्खा सैनिकका नेपालीले ‘गोद” ‘हान’ शब्द प्रयोग गरेका छन् । उनले नेपाली शब्द प्रयोग गरेर निनियाँ सैनिकलाई गा’ली गरिरहेको प्रष्ट सुन्न सकिन्छ ।तर भारतीय पक्षले भने सो भिडियोमा सत्यता नभएको प्रतिकृया दिएको छ । यता, भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले भने सो क्षेत्रमा गोर्खा सैनिक परिचालन गरिएको हुनसक्ने बताएका छन् ।

चीनको सीमामा आइ`पी`बी`पी (इन्डो–तिब्बत बोर्डर पुलिस) मात्र परिचालन गर्ने नीति नभएका कारण गोर्खा सैनिक हुन सक्ने उनको आँकलन हो । भारतले ‘आवश्यक परेमा गोर्खा पल्टन लद्दाख र कस्मिरमा मात्र होइन, नागाल्यान्ड र पञ्जाबसहित अन्य कुनै पनि सीमामा परिचालन गर्ने गरेको छ । गोर्खा सैनिक भारतको मुख्य ल’डाकु दस्ता भएकाले सिमाना रक्षाका लागि सो टोली परिचालन गर्ने गरेको छ ।

गएको २६ दिनदेखि लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच त’नाव चलिरहेको छ। दुई सेनाबीच अनेकौँ पटक झ’डप भएका छन्। झ’डपका क्रममा चिनियाँ सेनाले कयौँ भारतीय सैनिकलाई नि’यन्त्रण’मा लिएको तस्बिर पनि भाइरल बनेको छ।

छिमेकी चीन र पाकिस्तानसँग हुने गरेका सैन्य तुनावका बेला भारतले गोर्खा पल्टनलाई ‘फ्रन्ट लाइन’मा परिचालन गर्ने गरेको छ। सन् १९६२ मा गोर्खाली पल्टनले भारतको पक्षबाट चीनसँग यु’द्ध लुडेको थियो। भुटान र चीनको सीमानजिकै दोक्लममा सन् २०१७ मा चिनियाँ र भारतीय सेना ७३ दिनसम्म आमनेसामने हुँदा पनि भारतले गोर्खा पल्टन परिचालन गरेको थियो। भारतले ५ अगस्ट २०१९ मा जम्मु–कस्मिर र लद्दाखलाई छुट्टाएर नयाँ नक्सा जारी गरेको थियो। सो नक्सामा भारतले आफ्नो भूमिलाई समावेश गरेको भन्दै चीनले विरोध गर्दै आइरहेको छ।

https://www.facebook.com/watch/?v=186440812618581

Related Articles

Back to top button
Close