लकडाउन खुले लगत्तै ६ लाखलाई रोज गारी दिने ओली सरकारको यस्तो छ योजना !!!
काठमाडौ । कोरोना भाइर`का कारण वैदेशिक रोजगारमा जान नपाएका र स्वदेशमा बेरोगार रहेका ६ लाख नागरिकलाई लकडाउन लगत्तै संघीय सरकारले रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार लाई सुचि कृत गरि १०० दिन बराबरको रोजगारी दिनेगरी गृहकार्य अघि बढाइएको हो ।
‘वैदेशिक रोजगारमा जान नपाएका, विदामा आएका, मुलुकभित्र काम नपाई रोजगार केन्द्रमा सूचीकृत भएका सबैलाई समेटेर प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउनेगरी तीव्र रुपमा तयारी बढाएको छौं,’ श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए ।
उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएकाहरुको आर्थिक अवस्था मूल्यां कन गरेर मात्रै रोजगारी दिइनेछ । त्यसको जिम्मा स्थानीय तहले पाउनेछन । प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार हालसम्म १३ लाख नेपाली वेरोजगार रहेको भन्दै सरकारसँग रोजगारी माग्दै सुचिकृत भएका छन् । त्यस मध्ये यसवर्ष ५ लाखलाई काममा खटाउने सरकारको तयारी छ । वैदेशिक रोजगारमा जान नपाएका र विदामा आएका करिब १ लाखलाई समेत रोजगारी दिने सरकारको तयारी रहेको मन्त्रालयका अधिका`रीहरुले बताए ।
‘सूचीकृत भएजतिका काममा आउछ भन्ने छैन्, त्यसैले ६ लाखलाई रोजगारी दिनेगरी तयारी अघि बढेको छ,’ प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएका तर प्रधानमन्त्री रोजगार कार्यक्रममा यसअघि सुचिकृत नभएकालाई सरकारले मौका दिनेगरी गृहकार्य गरिरहेको छ । सुचिकृत हुनका लागि म्यादथपबारे सरकारले एक हप्ताभित्रै निर्णय लिन लागेको उनको भनाई छ ।