NewsVideos

चारैतिर दिदीको बिरोध भएपछि, नवराजकी प्रेमिका मल्लका भाइले दि`दीको बारेमा आ`क्रोस हुदै ब`ल्ल बोले` वास्तविकता (भिडियोमा हेर्नुहोस )

रुकुम जाजरकोट घटनाले मुलुकमा एउटा तरंग ल्याएको बेलामा त्यो घटनाका बारेमा विभिन्न कुरा आइरहेका छन् । गृहमन्त्रालयको सहसचिव स्तरिय टोलीले घटनाको छानविन पनि गरिरहेको छ । शुक्रवारवाट समितिले छानविन सुरु गरेको छ । गत जेठ १० गते भएको सो घटनामा ६ जनाको ज्यान गएको छ । रुकुमवाट ठूलो हुल आएको देखेपछि नवराजको प्रेमिका भनिएकी युवतीका वुवाले वडाध्यक्षलाई फोन गरे । सो घटनाका बारेमा आफुले देखेको कुरा बताउँदै युवतीका भाई लक्ष्मण म`ल्लले भनेका छन्, यस अघि पनि नवराज घरमा आइसकेका कारण उनलाई आफुले चिनेका थिए । दिदीलाई लिएर नवराजले यस अघि पनि लफडा गरिसेका थिए ।

उनलाई जेठ १० गतेको घटना हुनुअघि पनि समातेर प्रहरीलाई बुझाइएको थियो । त्यसैले ठूलो हुल सहित फेरी नवराजलाई आएको देखेपछि आफ्नो वुवाले नजिकै घर भएका वडाध्यक्षलाई फोन गरेर सुनाए । वडाध्यक्षले आफुले प्रहरीलाई खबर गर्ने बताएका थिए । उनीहरुलाइ आफ्नो घर नजिकै देखेपछि युवतीको आमाले पनि उनीहरुलाई लकडाउको बेलामा किन यता आएको ? भनेर प्रश्न गरेको बताए । आमाको यस्तो प्रश्न सुनेपछि नवराजको साथीहरुले काफल खान आएको हो भनेर जवाफ दिएका थिए ।

यस्तो कुरा हुँदै गर्दा एक जना युवाले नराम्रो शब्द बोलेर गा’ली गर्न सुरु गरेको युवतीका भाईले बताएका छन् । त्यसपछि केही वि’वाद भएको उनको भनाई छ । आमासंग त्यसरी विवाद पछि उनीहरु फर्केर गएर विनोद मल्लको घरमा पुगेको पनि आफुले थाहा पाएको बताए । उनीहरुले विनोद मल्लको घरमा गएर विनोद कहाँ छ ? भनेर सोधेका थिए । ठूलो हुलमा आएका युवाले विनोद मल्ल कहाँ छ ? भन्दै सोध्दै हिडेको देखेपछि गाउँलेले सल्लाह गरेर प्रहरीलाई खबर गरेर पक्राउ गर्ने भन्दै गएको उनले बताए ।

त्यतीबेलै खसी का ट् नेहरुको पनि समुह आएको देखेपछि उनीहरु आफुहरुलाई नै आ क्रम ण गर्न आएको होला भन्ने ठानेर भागेको उनको भनाई छ । उनले तीन तिर गाउँले गएपछि ति युवाहरु भेरीमा हाम फालेको हुनसक्ने बताए । वारम्बार दुख दिएका कारण केहीलाई गाउँलेले अलि अलि हा’नेको भने स्वीकार गरेका छन् । पटक पटक गाउँमा आएर ध’म्की दिने, ववाल गर्ने गरीरहेका थिए । त्यही भएर गाउँलेले भेटेका केहीलाई भने अलि अलि हा’नेका हुन् उनले भने । समात्न सकेकाहरुलाई प्रहरीको जिम्मा लगाएको बताए । उनले युवाहरुलाई हँ’सिया, ढुं’गाले हा’नेको भनिएको कुरा भने झुटो रहेको बताए । कसैको हातमा केही थिएन किन हान्नु ?

बारम्बार केटा आएर वि’वाद गर्न थालेपछि बुवा र परिवारका सदस्यले दिदीलाई तिम्रो प्रेम छ भनेर सोधेको बताएका छन् । उनले आफ्नो दिदीको नाममा धेरै फेसवुक आइडि बनाएर चरित्र ह त्या गर्ने काम भइरहेको बताइरहेका छन् । नवराजको आमाले छोराको बच्चा युवतीको पेटमा छ भनेर गरेको दावी प्रति पनि उनले खण्डन गरेका छन् । उनले त्यस्तो आरोप नलगाउन भनेका छन् । लकडाउन खुलेपछि २ सय केटा ल्याएर तेरो परिवारका सबै सदस्यलाई मा र्छु भनेर दिदीलाई नवराजले ध’म्की दिएको दावी उनका भाईले गरेका छन् ।

Related Articles

Back to top button
Close