News

धादिङकी २६ वर्षीया महिलाले ज`न्माइन् एकैपटक तीन शि`शु !!

काठमाडौं । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्या`हा शि`शु जन्माएकी छन्। पहिलोपटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्।

चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्।जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो।

तीनै बच्चा स्वस्थ छन्।स्वास्थ्य सामान्य भएपछि २८औं दिन सोमबार डिस्चार्ज गरिएको प्रसूति गृहले जानकारी दिएको छ।

Related Articles

Back to top button
Close