NewsVideos

सायद वीरेन्द्रको पे,स्तोल शोभाले नखो सेको भए २०५८ सालको जेठ १९ कालो रात हुने थिएन, इतिहा सको त्यो पन्ना (भिडियो हेर्नुहोस)

२०५८ जेठ १९ गते शुक्रबार राति।करिब पौनै नौ बजे।त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अ,न्धाधुन्ध फा,इरिङ सुरु गरे।

सुरुमा सिलिङ र पश्चिम भित्तामा। केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फा,यर गरे। वीरेन्द्र लडे। उनलाई बहिनी शोभाले समातिन्। शाही नातेदार राजीव शाही पनि दौडँदै आए र वीरेन्द्रलाई उठाए।अचानक वीरेन्द्रले पे,स्तोल झिके। शोभाले ‘यो छाडिबक्स्योस्’ भन्दै च्याप्प थुतिन्। शोभाको हातमा म्याग्जिन आयो। फ्याँकिदिइन्।

त्यसपछि करिब पौने नौदेखि नौबजेभित्र १५ मिनेटमा दीपेन्द्रले नारायणहिटी राजदरबारमा जुन वि,तण्डा मच्चाए, त्यसले १९ वर्षअघिको त्यो कालो रातलाई नेपाली इतिहासका सर्वाधिक भयानक दिनमध्ये एक बनाइदिएको छ।

त्यो दिनको घटना सम्झिँदा अहिले पनि शरीर थरर काँप्छ।त्यो पन्ध्र मिनेटको त्रा,सदीमा तत्कालीन राजा वीरेन्द्र, युवराज दीपेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीसहित दस जनाको ज्यान गएको थियो। त्यो रात दीपेन्द्रको पहिलो फा,यरिङपछि नै वीरेन्द्रले हातमा निकालेको पेस्तोल शोभाले नखोसिदिएको भए के हुन्थ्यो ? भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close