News

ऐश्व`र्यले नयाँ फर्निचरहरू किन्न सुझा`व दिँदा राजा बिरेन्द्रले भने, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्नि`चर किनिएका हुन्, पुराना सोफा`का कपडा फेरेर मर`म्मत गरे हुन्छ, नयाँ किन्नु पर्दैन ।’

नारायणहिटी दरबारमा भएको का`ण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घट`ना थियो । सो घट`नामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए ।

अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो । एउटा अल्पविकसित राष्ट्रका राष्ट्राध्यक्षले सुसम्पन्न र अति विकसित राष्ट्रका राष्ट्राध्यक्षहरूसँग संवाद गर्दा समसामयिक विषयमा महत्वपूर्ण सुझाव दिन सक्छन् र त्यसले संयुक्त राष्ट्रसंघ एवं महाशक्तिहरूलाई पनि सोच्न बाध्य बनाउँछ भन्ने कुरा राजा वीरेन्द्रले राम्रोसँग प्रमाणित गरेर देखाइदिए ।

ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयको अब्बल शिक्षाले मात्र राजा वीरेन्द्रको व्यक्तित्वलाई विराट् र उच्च बनाएको होइन । राजदरबारमा परिवारबाट पाएको संस्कार, तालिम, राष्ट्र र जनताप्रति पिताको समर्पण, अदम्य एवं अतुल्य प्रेम एवं राष्ट्रलाई सुदृढ, समृद्ध र युगानुकूल बनाउनुपर्छ भन्ने संचेतनाले राजा वीरेन्द्रलाई सदैव उत्प्रेरित गरिरहेको पाइन्छ । उनको जीवनकाल (२००२ पुस १४ गतेदेखि २०५८ जेठ १९ सम्म) अध्ययन गर्दा व्यक्तिगत सुखसयल, भोगविलास, मोजमज्जा र अर्थहीन कुरामा उनले समय बर्बाद गरेको पाइँदैन । पलपलको सदुपयोग गरे राजा वीरेन्द्रले ।

२०३८ साल भदौ १६ गते पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बन्न पुग्यो । धनी राष्ट्रहरूले अल्पविकसित राष्ट्रका पीडा, व्यथा, अभाव, बेरोजगारलगायतका गम्भीर समस्याबारेमा स्पष्ट नीति बनाएर सकारात्मक काम गर्नुपर्ने उनको सुझाव र आग्रह थियो । उनले भाषणमा अभिव्यक्त गरेका हृदयस्पर्शी शब्दहरूले त्यहाँ उपस्थित सम्पूर्ण सहभागी द्रवित र भावविभोर बन्न पुगे । अल्पविकसित राष्ट्रहरू (अफगानिस्तान, नेपाल, लाओस, भुटान, मालदिभ्स र समोआ) सहभागी भएको सो राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्दै उनले दरिद्रताको चित्रण गरे ।

आज विस्तारै हराउँदै छ राष्ट्रको गरिमा र इज्जत । राष्ट्रमा अहंकार, विखण्डन र विभाजनको कर्कस आवाज सुनिन्छ । यस्तै अन्योलमा राजा वीरेन्द्रले सोधिरहे झैं लाग्छ, ‘कसरी बचाउँछौ यो देश ? कसरी बचाउँछौ राष्ट्रिय एकता र कसरी जोगाउँछौ स्वाभिमान र इतिहास ? ‘अल्पविकसित देशको एक गरिब व्यक्तिले पौष्टिक आहारा खानै पाउँदैन । संसारमा यस्ता गरिबको संख्या पनि करोडौं छ । उसलाई कुनै पनि रोग लाग्न सक्छ । उसको आयु छोटो छ, ऊ छाप्रोमा बस्छ, जहाँ गरिबी एवं दरिद्रताले उसलाई सधैं घेरिराखेको हुन्छ । न उसले पढेको छ, न त उसमा कुनै सीप नै छ । नियमित रूपमा ऊ खान पाउँदैन र यदि संयोगले एक छाक पाइहाल्यो भने अर्को छाक कताबाट जुटाउने भन्ने डरले उसलाई भयभीत गराउँछ । लुगा लगाएको भए पनि उसको त्यो लुगा झुत्रो मात्र हुन्छ । ऊ नांगै खुट्टाले हिँड्छ ।

फोहोर, अल्पआहार र सरुवा रोगले उसको शरीरमा आफ्ना चिन्हहरू छोडेका हुन्छन् । धेरैजसो ऊ गाउँहरूमा नै बस्छ । ती गाउँ विश्वको शेष भागबाट अलग्ग मात्र होइन, पुग्नै नसकिने हुन्छन् । सहरका फोहर बस्ती अथवा छाप्राहरूमा पनि ऊ भेटिन्छ । उसले पिउने पानी न सुरक्षित हुन्छ न त सफा नै । ऊ कि बेरोजगार हुन्छ कि त अर्धरोजगार । उसले काम पायो भने पनि उसलाई कि बढी काम लगाइन्छ कि त मेहनत हेरी कम पारि श्रमिक दिइन्छ । उसले तिरस्कार र बद्नामी सहनुपर्छ । जन्मदेखि मृ’ त्युपर्यन्त ऊ दरिद्र रहन्छ । धेरैजसो ऊ बाल्यावस्थामै मर्छ । बाँच्यो भने पनि अभाव र विपन्नताले उसलाई मृ त्युसम्म छोड्दैन । अन्त्यमा जब उसले संसार छोड्छ, यता बाँच्नेहरूभन्दा म’रेर जाने ऊ नै बढी सुखी देखिन्छ ।’

राजा वीरेन्द्रले शक्तिराष्ट्रहरूप्रति कठोर व्यंग्य गर्दै भने, ‘विश्वका गरिबहरूका पक्षमा मैले बोलिरहेको यसै बेला दाल, भातको लागि कराइरहेको एउटा बालकको म आवाज सुन्छु । तर हामी उसलाई दाल, भात अथवा रोटीको बदला ब’म दिन्छौं । ऊ दयाको भीख माग्दै हामीतिर हेर्छ, तर हामी उसलाई निर्दयताको तिरस्कार दिन्छौं र ऊ शान्तिको कामना गर्छ, हामी यु द्धको तयारी गर्छौं ।”राजा वीरेन्द्रका निम्ति प्रशस्त आन्तरिक चुनौती अग्ला र दुर्लङ्घ्य पहाड बनेर उभिएका थिए । अन्तर्र्राष्ट्रिय जगत्मा नेपाललाई सम्मानपूर्वक उभ्याउने उनको प्रबल चाहना थियो । जहाँ पुगे पनि उनी राष्ट्र र जनताका हितमा आफ्ना विचार प्रस्ट राख्थे । संवादका क्रममा केही पश्चिमा राष्ट्रले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरिएमा प्रशस्त सहायता गर्ने प्रस्ताव पनि राखे तर ‘आफ्ना प्राचीन धर्म-संस्कृति र परम्परा त तपाईंहरूलाई पनि प्रिय लाग्छ नि होइन र ? नेपालको संविधानमा प्राचीन धर्म-संस्कृतिको रक्षा गर्ने प्रावधान के गलत छ र ? ‘ भनेर राजा वीरेन्द्रले जर्मनीका चान्सलर हेल्मुट कोललगायतलाई प्रतिप्रश्न गर्दा ती राजनेता मौन हुन्थे ।

राजा वीरेन्द्रसँग निकट रहेर काम गरेका उनका शिक्षक तथा स्वकीय सचिव नारायणप्रसाद श्रेष्ठ भन्छन्, ‘विश्वको गहिरो ज्ञान र शालीन भाषामा तर्क गर्ने उहाँको विलक्षण क्षमताले जहाँ गए पनि नेपालको राष्ट्राध्यक्ष भन्नासाथ ती मुलुकका राजा, राष्ट्रपति, सरकार प्रमुख र कूटनीतिज्ञहरू अत्यन्त श्रद्धा गर्थे । राजा वीरेन्द्रको आकर्षक व्यक्तित्व, विद्वता र क्षमता देखेर उनीहरू प्रभावित हुन्थे ।’राजा वीरेन्द्रले सबैतिर विकासको उज्यालो पुगोस् भन्ने उद्देश्यले नेपाललाई पाँचवटा विकास क्षेत्र बनाएर धनकुटा, पोखरा, सुर्खेत र दिपायल (डोटी) लाई क्षेत्रीय सदरमुकाम बनाए । उनले सेना, प्रहरी र निजामती कर्मचारी र स्काउटलाई समेत आधुनिक बनाउँदै लगे । भारतसँग मात्र भर पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउन उनले चीनसँग सम्बन्ध अझ सुदृढ गरे । सार्कको प्रधान कार्यालय काठमाडौंमै राख्ने प्रबन्ध मिलाए । संयुक्त राट्रसंघ र विकसित राष्ट्रका परियोजनाहरू भित्याएर नेपालका हिमाली, पहाडी र तराईका जिल्लामा विकासको रक्तसञ्चार गराए ।

कर्णाली क्षेत्रको विकास गर्न उनले नेपाली सेनालाई कर्णाली राजमार्ग बनाउने काममा खटाए भने सेनाले धेरै ठाउँमा विकास निर्माणका उल्लेखनीय काम गरेको छ । कोहलपुर-वनबासा सडक खण्ड, कर्णालीको पुल, झापा-इलाममा चिया खेतीको आधुनिकीकरण, मेची राजमार्ग, कोशी राजमार्ग, विभिन्न जिल्लाका सडक सञ्जाल, कृषिको आधुनिकीकरण, शिक्षा, सञ्चार, उद्योग र स्वास्थ्य क्षेत्रमा सुधार, लुम्बिनी क्षेत्रको प्रगति, जनकपुरधाम विकास परियोजना, यातायात, वन संरक्षण, पर्यटन प्रवद्र्धनलगायत विविध क्षेत्रमा वीरेन्द्रले देखाएको चासो र तद्नुसारको निर्देशनले धेरै ठूला परियोजना सम्पन्न भएका छन् । मध्यपहाडी राजमार्ग उनकै सपना थियो । नेपाललाई ऊर्जालगायतका सम्पूर्ण कुरामा आत्मनिर्भर बनाउन चाहन्थे उनी ।

युवराज छँदा उनले त्रिशूलीदेखि बुटवलसम्म पैदल यात्रा गरे । मेचीदेखि महाकालीका विभिन्न भागमा सिपाहीको पोसाक लगाएर जनताको दुःख, दर्द बुझ्न झुप्रा-झुप्रामा पुगे । पाल्पा भ्रमणमा गएका बेला उनले तत्कालीन बडाहाकिम कृष्णबहादुर बर्मालाई भनेका थिए, ‘हामीले जबर्जस्ती गर्ने होइन, जनताको आवश्यकता बुझेर जनतासँगै हिँड्ने, जनतासँगै सोच्ने र जनतासँगै काम गर्ने बानी बसाउनुपर्छ ।’नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले २०३१ साल फागुन १३ गते (शुभराज्याभिषेकको भोलिपल्ट) शान्ति क्षेत्रको प्रस्ताव राखे । आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ११६ राष्ट्रले समर्थन गरे पनि भारतले दुराशयपूर्वक त्यसको समर्थन गरेन ।

Related Articles

Back to top button
Close