Lockdown News

निजी सवारी चल्न दिइने तरिकाले लकडाउन खुकुलो बनाइँदै !!!

काठमाडौं, १९ जेठ । नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्र`मित बढिरहेका बेला सरका`रले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । अत्या`वश्यक सेवाका अलावा नागरि`कलाई पनि नि`श्चित नियम पालना गरी कामको सिल सिलामा आवत जावत गर्न दिने तयारी गरेको बताइएको छ ।

नयाँ मोडा`लिटी अनुसार निश्चि`त समय तोकेर नि`श्चित व्यक्ति लागी निजी सवा`री साधन चल्न दिइने जसमा दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको बताइएको छ ।

यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । यो नियम कोरोनाको संक्र`मण कम फैलिएका ठाँउमा मात्र लागु गर्न दिइने बताइएको छ । हिमाल, पहाड र तराईका जि`ल्लाहरुको कोरोना संक्र`मण जो`खिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि काम बाहेक अना`वश्यक नपाइने बताइएको छ ।

मोडा`लिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टु`रेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् । त्यस्तै भारत सँगको सि`मामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवत जावत गर्न पाइने बताइ`एको छ ।

Related Articles

Back to top button
Close