International News

जापानले लकडाउन नगरी कोरोना भाइरसलाई जित्यो, यस्ता वैक`ल्पिक उपाय अपनायो !!

काठमाडौं। कोरोना भाइरस निय न्त्रणका लागि विश्वका धेरै देशहरुले लकडाउनलाई प्रमु`ख उपायका रुपमा अपनाए । नेपालले त अहिले लकडाउन बाहेक अरु हतियारको उपयोग अत्यन्तै न्यून रुपमा गरिरहेको छ । कोरोना भाइरससँग लड्नको लागि नेपालमा भएको भनेकै लकडाउन हो ।

तर, नेपाल भन्दा कैयौं समय पहिल्यै ठूलो संख्यामा संक्र`मण फैलिइसकेको देश जापानले भने लकडाउन नै गरेन तर पनि उनले कोरोनाभाइरसलाई भने जित्यो ।जापानले पूर्ण लकडाउन नगरेको भन्दै विश्वका धेरै देशले आलोचना गरे तर जापानले कहिल्यै पूर्ण लकडाउन गरेन ।

त्यहाँ संकटकाल लागू गरियो । संकटकालको बेलामा निश्चित कुरामा सावधानी अपनाउनुपर्ने नियम बनाइएको थियो तर घरबाहिर निस्कन र काम गर्न कहिल्यै प्रतिबन्ध लगाइएन । जापानका नागरिक सावधानीका साथ आवश्यक कामको लागि घरबाहिर निस्कन सक्थे काममा जान पनि सक्थे । यसले उनीहरुको अर्थतन्त्र पनि चलायमान बनिरह्यो ।

यसअघि लकडाउन नगरी दक्षिण कोरियाले पनि कोरोना भाइरसलाई जितेको थियो । दक्षिण कोरियाले लकडाउन नगरेको भए पनि विश्व स्वास्थ्य संगठनले बताएको अर्को उपाय बढीभन्दा बढी परीक्ष`णलाई प्रमुखता दियो र धेरैभन्दा धेरै परीक्षण गर्न थाल्यो । जसले गर्दा सं`क्रमितलाई छुट्या`एर उपचार गर्न सकियो र कोरोना भाइरस निय`न्त्रण भयो । तर, जापानले न त लकडाउन गर्यो न त अरु देशको तुलनामा ठूलो सं`ख्यामै प`रीक्षण गर्यो । उसले गम्भीर बिरामीको मात्र परी`क्षण गरेको थियो जो कूल जनसंख्याको ०.२ प्रतिशत मात्र हुन् । तैपनि उसले कोरोना भाइर`सलाई भने जित्यो।

जापानले भाइरस नियन्त्रणमा लागि ‘कन्ट्याक्ट ट्रेसिङ’लाई मुख्य हतियार बनायो । जापानको कन्ट्याक्ट ट्रेसिङ रणनीति सफल भएपछि उसले अन्ततः कोरोना भाइरसलाई जित्यो । जापानमा कूल संक्र`मित १६ हजार ८५१ मध्ये १४ हजार ४५९ जना निको भएका छन् । ८९१ जनाको मृ`त्यु भएको छ । अहिले त्यहाँ उपचा`ररत संक्र`मित एक हजार ५०१ जना छन् । यो सं`ख्या प्रत्येक दिन घटि`रहेको छ । दैनिक ५० भन्दा कम नयाँ संक्र`मित भेटिन्छन् ।

Related Articles

Back to top button
Close