Local News( SHANKHARAPUR)Lockdown News

काठमाडौँ प्रवेश गर्ने शंखरापुर नगरपालिकाका दुई नाका पूर्णरुपमा ब`न्द !

सिन्धुपाल्चो`क र काभ्रेप`लाञ्चोक बाट राजधानी छिर्ने शंखरापुर नगरपालिकाका दुई नाका पूर्ण रुपमा ब`न्द गरिएका छन्। सो नगरपालिकाको वडा नं ३ जहरसिंह पौवा र वडा नंं ८ कात्तिके नाका बाट छिर्न प्रतिबन्ध लगाइएको हो।

बिहीबार नगरपालिकाको वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासी लगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आर.डि.टी. परी`क्षणका क्रममा १४ जनाको प्रतिवेदन पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र बिहान १०ः०० बजेदेखि सिल गर्दै दुवै जिल्लाबाट प्रवेश गर्न पूर्णरुपमा बन्द गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताएका छन ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुषमा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी परी`क्षण गरिएको थियो भने शुक्रबार जहरसिं पौवाको स्वास्थ्य चौकीमा पनि आर.डी.टि. परि`क्षन गरिएको थियो !

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका १२ जनालाई नगरपालिकाको वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारिन्टाइनमा राखिएको छ। पिसीआर परीक्षणको प्रतिवेदन नआएसम्म सबैलाई यही राखिने छ । क्वारेन्टाइनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गरिरहको छ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि नगरपालिकाको नाका क्षेत्रका युवाले जहरसिंह पौवा बाट साँखु आवत-जावत रोकेका छन् । नेपाल प्रहरीले समेत नाकामा गत दिन भन्दा बढी कडाइ गरेको छ। (In help of Kapan Online)

Related Articles

Back to top button
Close