Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

शंखरापुरमा आज गरिएको टेस्टमा १४ जनामा RDT पोजेटिभ, !!

साँखु जेष्ठ ८ , आज शंखरापुर न पा मा गरिएको कोरोना परिक्षण मा १४ जनाको आर डी टि पोजेटिभ आएको छ ! शंखरापुर नगरपालिका अन्तर्गत अग्र`पङ्तिमा कार्यरत जन-प्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्यम`सेविकाहरुमा गरिएको कुल २९० RDT परिक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको ति व्यक्तिहरुको PCR Test प्रक्रियामा रहेको छ ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर अस्पताल र सुष्मा कोइराला मेमोरियल हस्पिटलमा गरिएको उक्त परिक्षणमा १४ जनाको आर.डी.टि. टेस्ट पोजेटिभ आएको हो ! वडा ४ देखि ९ सम्मका २९० जनामा उक्त टेस्ट गरिएको थियो !! पोजेटिभ आएका व्यक्तिहरुको PCR टेस्ट (स्वाब टेस्ट )को प्रकिया जारी रहेको नगरले जानकारी दिएको छ !

सोहि कारण भोलि मिति २०७७-०२-०९ गते विहान १०ः०० बजे देखि लागु हुने गरि यस नगरपालिका भित्रिने तथा बाहिरिने सम्पुर्ण सिमा/नाकाहरु अर्को सुचना जारि नभए सम्मको लागि पूर्ण रुपमा शिल गरिएको छ |

नगरपालिकाको सूचना यस प्रकार छ :

Related Articles

Back to top button
Close