Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

शंखरापुर नगरपालिकामा आज बाट फ्रन्ट लाइनमा सक्रिय व्यक्तिहरुको RDT/PCR परिक्षण हुदै !!

काठमाडौं जेठ ८ । शंखरापुर नगरपालिकाले प्रथम चरणमा कोरोना प्रकोप निय`न्त्रण तथा रोकथाम अभियानको पहलो मोर्चा (Front line ) मा सक्रिय जोखिम समुहका व्यक्तिहरुको आज बाट आर डी टी/पी सी आर परिक्षण गर्ने भएको छ । पहिलो चरण अन्तर`गत अग्र`भागमा खटिने जन`प्रतिनिधि, नगर कर्मचारी, स्थानीय पत्रकार, महिला स्वास्थ्य स्वयंसेविकाहरूको परीक्षण गर्ने तयारी गरेको शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले जानकारी गराए ।

उनका अनुसार पहिलो चरण अन्तर्गत आज जेठ ८ गते र भोलि ९ गते अग्रभागमा खटिएका जनप्रतिनिधि, नगर कर्मचारी, स्थानीय पत्रकार, महिला स्वास्थ्य स्वयंसेविकाहरूको आर डी टि परिक्षण गर्ने र आर डी टि मा पोजिटिभ देखिए मात्र P.C.R गरिने जानकारी गराए ।

संक्रमणको जोखिमलाइ ध्यानमा राखेर सुषमा कोईराला मेमोरियल अस्पतालमा I.C.U र भेन्टिलेटर सहित तयारी अवस्थामा राखेको जानकारी गराउदै उनले बाल क्षेत्र नेपालको चिहान पाटी तर्फको पुरै भवन क्वारेन्टाइनको रूपमा प्रयोगमा ल्याउनको लागि तयारी अवस्थामा रहेको बताए । नगरापलिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाइका अनुसार आज सुषमा कोईराला मेमोरियल अस्पतालमा जनप्रतिनिधि, नगर कर्मचारी, सरसफाईका कर्मचारी, स्थानीय पत्रकार र वडा नं. ५ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने तयारी गरिएको बताए ।

त्यसै गरि पिपुल्स लाईफ केयर अस्पतालमा स्वास्थ्यकर्मी, वडा नं. ६ र ७ का जनप्रतिनिधि, स्थानीय पत्रकार, ६ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने जानकारी गराउदै ईन्द्रायणी स्वास्थ्य चौकीमा वडा नं. ९ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी र वडा नं. ९ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने बताए ।

त्यसै गरि उनले शहरी स्वास्थ्य केन्द्र घुमारचोकमा वडा नं. ८ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. ८ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण हुने पनि बताए ।त्यसै गरी जेष्ठ ९ गते नाङ्गलेभारे स्वास्थ्य चौकीमा वडा नं. १ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. १ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण गरिने र शहरी स्वास्थ्य केन्द्र पटापमा वडा नं. २ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. २ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परीक्षण हुने उहाँले जानकारी गराए ।

उनले लप्सेफेदी स्वास्थ्य चौकी जहरसिंपौवामा वडा नं. ३ र ४ का जनप्रतिनिधि, स्थानीय पत्रकार, स्वास्थ्यकर्मी, सरसफाईका कर्मचारी र वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको परी`क्षण गरिन लागेको पनि जान`कारी गराए । पहिलो चरणको आर.डि.टी/पि.सि.आर परी`क्षण पश्चा`त् दोस्रो चरणमा स्थानीय तरकारी व्यापारी, सामाजिक कार्यकर्ता लगायतकाको परी`क्षण गर्ने र प्रत्येक घर`धुरीमा १ जनाको परि`क्षण गर्ने योजना रहेको पनि नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए । ( कपन अनलाइन बाट साभार )

Related Articles

Back to top button
Close