Local News( SHANKHARAPUR)

शंखरापुर नगरपालिकाद्वारा एक घर एक पासको व्यवस्था गर्ने !!

साँखु । शंखरापुर नगरपालिकाले लकडाउनमा कडाई गर्नको लागि १ घर १ पास बाँड्न लागेको छ । तर यो पास खेतमा जानको लागि भने आवश्यक पर्ने छैन । यसको लागि वडासँग समन्वय गर्ने भनिएको छ ।

यही जेष्ठ ६ गते बसेको बोर्ड बैठकले यस सम्बन्धी निर्णय गर्दै सोही दिन सूचना जारी गरेको छ । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ द्वारा हस्ताक्षरित सो सूचनामा कहिले देखि लागू हुने उल्लेख गरिएको छैन ।

साथै सूचनामा कुन कुन पसल खोल्न सकिने र कुन कुन पसल खोल्न नमिल्ने नभनिकन सिधै चिया पसल, भट्टी पसल तथा रेष्टुरेण्ट बन्द गर्ने भनिएको छ भने खाद्यान्न तथा तरकारी लगायत अत्यावश्यकीय वस्तुको पसल बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न पाउने उल्लेख छ ।

सो सुचना अनुसार नभएमा पहिलो पटकलाई रु. १ हजार, दोस्रो पटकलाई रु. ३ हजार र तेस्रो पटकलाई रु. ५ हजार जरिवाना गरिने उल्लेख छ ।

घर बाहिर निस्कँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने उल्लेख गरिएको छ भने नगरपालिकामा अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुको ¥यापिड टेस्ट (आरडिटी) २०७७ साल जेष्ठ ८ गतेबाट गरिने उल्लेख छ । साथै सो कार्य सकिएपछि एक घर एक व्यक्तिको परीक्षण गरि परीक्षणको निरन्तरता दिने उल्लेख छ ।

नगरपालिकाको सूचना ::

Related Articles

Back to top button
Close