News

संसदमा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीलाई एक्कासी गाह्रो, बोल्न नसकेपछि यसो गरियो

काठमाडौँ । मंगलवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई सं`सदमा सम्बो`धन गरिरहेका बेला एक्कासि गा`ह्रो भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफ`लका क्रममा उठेका प्रश्नहरुको जवाफ दिन ओली संसद`लाई स`म्बोधन गरिरहेका छन् ।

तर एक्कासी बोल्न गाह्रो भएपछि उनी अलमलमा परे । लगत्तै उनले उठेर बोल्न गा`ह्रो भएको सं`केत गरेप`छि सं`सद सचिवालयका कर्मचारीले उभिएर बोल्दा समस्या देखिएकाले बसेर बोल्ने ब्यबस्था गरेका छन् ।

‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,’ ओलीले भनेका थिए, ‘स्वास्थ्यका कारण गा`ह्रो भयो । अपरेसन गरे`काले समस्या भएको छ ।’ प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभा`मुख अग्निप्र`साद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए । रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

बोल्ने क्रममा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृ“त्‍यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रयास को`ही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले अस`फल भएको छ र २ जनाको निध`न भएको छ ।’

कोरोनाबाट मृत्यु भएकाहरूको अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘कोरोना भन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्व`स्वास्थ्य संग`ठनको मापद`ण्डअनु`सार जुनसु`कै अवस्था`ले नि`धन भएको भएपनि कोरोना` संक्र`मण भएको छ भने त्यसैब बाट भएको मान्नु`पर्ने हुन्छ ।’

Related Articles

Back to top button
Close