अमेरिकाले बनायो कोरोना भाइरसको खोप, पहिलो सङ्केत सकारात्मक भएपछि अब थप मानिसमा उक्त खोपको परीक्षण गरिने ! थप विवरण हेर्नुहोस!
बीबीसी – अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोना`भाइरस`विरु`द्ध स`ङ्घर्ष गर्न प्रशि`क्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ। सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ।
शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्र`मण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ। अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ। अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्।
एमआरएनए-१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो। सो खोप कोरोनाभाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ। त्यो अंशले व्यक्तिमा सङ्क्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ।
अमेरिकी सर`कारको न्या`श्नल इन्स्टि`ट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजी`जेजले स`ञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोना`भाइर`सलाई नि`ष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको हो। तर ४५ जनामा गरिएको परी`क्षणमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परी`क्षण गरिएको थियो। बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ। सो परीक्ष`णमा सहभा`गीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो उनीहरूमा केही ‘साइड इ`फेक्टहरू’ देखिएको बता`इएको छ।
तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्ति`हरूमा कोभिड-१९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो।सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगा`उन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो। मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखि`एको छ।मोडेर्ना`ले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ।