News

कुलमान घिसि`ङ्गलाई फेरी पनि सलाम, खेर गैरहेको पानीबाट देशले यति धेरै उज्यालो पाउँदै… हेरी सम्मान स्वरूप एक शेयर गरौ ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जला`शय`युक्त जल`विद्युत् आयोज`नाको वि`स्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको जनाइएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढु`ङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूध`कोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलवि`द्युत् उत्पादन गर्न लागिएको हो ।

जलाशययुक्त आयोजनाको डिपिआरको काम आगामी कात्तिक अन्तिम तथा मङ्सिर पहिलो हप्ताभित्र पूरा हुने आयोजना प्रमुख वसन्त श्रेष्ठ`ले बताउनुभयो । “फिजि`बिलिटी प्रतिवेदन तयार भएको, संर`चनाको विस्तुत मस्योदा, बोलपत्रको मस्यौदा कागजात प्राप्त भएको, विज्ञ समूहबाट अध्ययन भएर टिप्पणी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “टिओआर र स्कपिङ कागजात स्वीकृत भएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्राप्त भएको, कोर ड्रिलिङ र टेस्ट अडिटको काम पनि अन्तिम चरणमा पुगेको छ ।”

तीस महीनामा पूरा गर्ने गरी इटली र जापानको संयु`क्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएशन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इञ्जिनीयरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम शुरु गरेको थियो । लामीडाँडाको रभुँवाघाटमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाश`यबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङ मार्फत धितुङमा पानी खसाएर विद्यु`त् उत्पादन गर्ने लक्ष्यका साथ आयोज`नाको काम अघि बढाइएको हो ।

लामीडाँ`डा विमानस्थ`लबाट करीब ११ किलोमिटर उत्तर–पश्चिममा पर्ने रभँुवाघाटमा सञ्चालन हुने जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्नसमेत तीन जि`ल्लाका सां`सदले माग गरेका छन् । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु`का सां`सदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको हालसम्मको प्रगति, कामको समीक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशी`लाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१ वटा आयोजनामध्ये तीनवटा जलवि`द्युत् आयोजना`लाई समावेश गरे पनि दूधकोशी जलाशययुक्त जलविद्युत् आ`योजनालाई छुटाएकाले मन्त्री पुनको ध्यानाकर्षण गराइएको खोटाङबाट निर्वाचित सांसद विशाल भट्ट`राईले बताउनुभयो । “ऊर्जामन्त्री पुनले दूधकोशी जलाश`ययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताकै आयोजनाका रुपमा राखेको बताउनुभएको छ”, उहाँले भन्नुभयो, “दातृ निकायको हकमा पनि एसियाली विकास बैंक (एडिबी) लाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१ वटा आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरे पनि दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई छुटाएकाले मन्त्री पुनको ध्यानाकर्षण गराइएको खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले बताउनुभयो । “ऊर्जामन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताकै आयोजनाका रुपमा राखेको बताउनुभएको छ”, उहाँले भन्नुभयो, “दातृ निकायको हकमा पनि एसियाली विकास बैंक (एडिबी) लाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

रभुँवाघाटमा निर्मा`ण गरिएको बाँधदेखि सोलु खुम्बुतर्फ दूधकोशी किनारमा दश, खोटाङतर्फको रावा`खोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबा`न हुने जनाइए`को छ । आयोजना सञ्चा लनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखल ढु`ङ्गा र सोलुखु`म्बुका ८४ घर स्थानी यवासी विस्थापित हुने प्रार`म्भिक अनुमान गरिएको आयोजना प्र`मुख श्रे`ष्ठले बताउनुभयो ।

Related Articles

Back to top button
Close