Corona (COVID-19) Updates

बाँके मा एकै`चाेटि ४७ जनामा देखियाे काे`राेना संक्र`मण !

बाँके : को नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्र`म`ण भएको पाइएको छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संक`लन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परी`क्षण गरिएको थियो ।

जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। बाँ`की ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले जनाएको छ।
आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएकालगायतको स्वाब संकल गरी परीक्षण गरिएको हो।

उनीहरु अधिकांश भारतबाट फर्किएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सं`क्र`मित मध्ये ४६ जना पुरष र १ जना महिला भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको र नेपालमा कोरोना भाइरस संक्र`मित सं`ख्या ३५७ पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँ`केका ४६ जना पुरुष र १ जना महिला, विराट`नगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा कोरोना भाइरस संक्र`मण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ४ सय २६ जना संक्र`मित तथा आ`शंका गरिएका व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा राखिएको छ ।डा देवकोटाका अनुसार गत २४ घण्टामा २ हजार ५ सय ५८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ३० हजार ७२३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६९ हजार ५ सय ६० जनाको परीक्षण भएको छ भने गत २४ घण्टामा १ हजार ७ सय ९१ वटा नमूना परीक्षण भएको छ ।नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

Related Articles

Back to top button
Close