Entertainment

नेपाली युवा गायक दिवेश अमेरिकन आइडलको फाइनलमा !एक शेयर गरि भोट अवस्य गर्नुहोला !!

काठमाडौं- विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेलले निरन्तरता दिएका छन् ।आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट पाँच अर्थान फाइनलमा पर्न सफल भएका छन् ।

न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो ।दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । उनलाई भोट टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ ।

एक जनाले ३० पटकसम्म भोट गर्न सकिने जनाइएको छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिने जनाइएको छ ।दिवेशले अब उपाधिका लागि फाइनल राउण्डमा प्रत्येकले दुई दुई वटा प्रस्तुति दिने छन् । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।

Related Articles

Back to top button
Close