News

यि साहसी युवक जसले कोरोनाले निध`न भएकी महि`लाको श`व बोक्न तयार भए ! सम्मान स्वरूप एक शेयर गर्नुहोला

काठमाडौं । धुलिखेल अस्पतालमा पहिलो पटक कोरोनाका कारण एक महिलाको निधन भएपछि उनको शवलाई साहसका साथ अन्त्यष्टिका लागि लैजाने युवाहरुको चर्चा भएको छ । कोरोनाका त्रासका कारण अन्य कारणले नि`धन भएकाहरु को शव बोक्न पनि अहिले शव वाहन र आफन्त डराउने गरेका छन् ।
`
यस्तो अवस्थामा कोरोनाकै कारण निधन भएकी महिलाको शव ब्यवस्थापन थप चुनौती थियो । तर राजेश गैजु र अरुण सै‌जुले देखाएको शासहसको अहिले चर्चा भएको हो । ९

कोरानोका कारण महिलाको निधन भएपछि उनको शवको पशुपति`स्थित विद्युतीय शव दा`हगृहमा अन्तिम सं`स्कार गर्ने निर्णय भयो । शव वाहन खोन्दा कसैले पनि बोक्न मानेनन् । तर यस्तो अवस्थामा भक्त`पुर सि`द्धपाखरीका ३१ वर्षीय अरुण सैंजु र जेलाका ३० वर्षीय राजेश गैंजु भने त्यो कामका लागि तयार भए । उनीहरुले यस अघि लिएको तालिमले नै त्यो साहस दिलाएको थियो ।

म`हानगरीय प्रहरी परिसर र विर`दल गणले निजी गाडीलाई को`भिड एम्बुले`न्स बनाएर उनीहरुलाई शव व्यवस्थापन गर्ने तालिम दिएर राखिएको थियो । उनीहरु भक्तपुर अस्पतालको चौरमा टेन्ट` हालेर लकडाउन सुरु भएदेखि नै बसिरहेका थिए । महिलाको अन्त्यष्टिका लागि शव लैजाने मानिस तयार नभएको अबस्थामा उनीहरु भने आफै नेपाली सेना`को विरदल गणका कर्णेल शिव पौडे`ललाई भेटेर त्यो काम आफुलाई दिन प्रस्ताव गरे । काभ्रेबाट शव लान गाडी नपाएको जानकारी पाएपछि उनीहरु आफैले त्यो प्रस्ताव राखेका हुन् । यो आपत टार्न नेपाल स्काउटको रोबर लिडर राजेश र स्काउट मास्टर अरुण तयार भएपछि काभ्रे प्रशासनले राहत महशुष गर्यो ।

सेनाले उनीहरुलाई कोरोनाबाट मृत्यु भएको शव कसरी व्यवस्थापन गर्ने भनेर तालिम पनि दिएको थियो । शनिबार साँझ साढे साते बजेतिर उनीहरु भक्तपुरबाट धुलिखेल अस्पताल गए । जहाँ कोरोनाका कारण बिहीबार राति १० बजे मृत्यु भए`की महिलाको शव थियो । भक्तपुरबाटै पीपीई सेट लगाएर गएका थिए उनीहरु । अरु सुरक्षा अधिकारी अस्पतालको बाहिरै बसे उनीहरुले स्ट्रेचरमा प्लास्टिकमा बेरेर राखेको शव ब्यवस्था`पनमा लागे ।

भुँइमा शवबाट बगेको रगत सफा गरे र पशुप`तिको श`वदाह स्थल तर्फ लिएर गए । भक्तपुरका प्रहरी र सेना प्रमुख, काभ्रेको प्रहरीको गाडीले स्कर्टिङ गरेर शव पशुपति लगियो । उनीहरुले महिलाको शव कोरोना संक्रमितको शव ब्यवस्थापन गर्ने का`र्यविधि अनुसार अन्त्यष्टि गरे ।शव जलाएपछि पीपीई सेट लगाएका मृतककी श्रीमानलाई काभ्रेको धुलिखेल अस्पताल नै फिर्ता पठाए । उनीहरु भने आइसोलेशनमा बस्न सूर्यविनायक डाँडामा रहेको विरदल गण तिर लागे ।

Related Articles

Back to top button
Close