Corona (COVID-19) Updates

कोरोनाबाट आमा गु`माएका १२ दिने शिशु आइसो लेसनमा !

कोरोना भाइरसका कारण मृ“त्यु भएकी सि`न्धुपाल्चो` ककी महि लाको १२ दिने शि`शु सहि`त परि`वारका चार जना सदस्य`लाई धुलि`खेल अस्पतालको आइसोलेसनमा राखिएको छ।

परिवारका बाँकी तीन जना सद`स्यमा मृतक`की श्रीमा`न, आमा र ब`नी छन्। उनीहरू सबैको पीसी`आर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । उनीहरुको सोमबारसम्म कोरोना परीक्षणको नतिजा आउनेछ ।

सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

ती महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। अहिले महिलाको मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसुति वार्डसमेत सिल गरिएको छ।

Related Articles

Back to top button
Close