Corona (COVID-19) Updates

क्वारेन्टाइनमा बसेका युवकको मृ`त्यु

नेपालगन्ज : बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवकको मृ`त्यु भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चा`र्ज इन्सपेक्टर मान बहादुर विसीका अनुसार नरैनापुर ५ को दीपेन्द्र प्रावि`को क्वारे`न्टाइनमा बसेका २५ वर्षका युव`कको आइत`बार बिहान ६:४० बजेतिर मृ“त्यु भएको हो। उनले बिहान ५:३० बजेतिर बा`न्ता गरेका थिए।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालका अनुसार युवकलाई ज्व`रो पनि आएको थियो। उनी ३० वैशाखमा भारतको मुम्बइबाट घर फर्केका थिए। शनिबार उनीलगायत क्वारेन्टा`इनमा बसेका ३९ जनाको कोरोना परी`क्षणका लागि स्वाब संक`लन गरिएको थियो। को`रोनाको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश`बहादुर थापाले उनको स्वाबको परीक्षण भइरहेको बताए। रिपोर्ट आउन कम्तिमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ। यसअघि नरैनापुरमा भेटिएका ८ जना संक्र मित मध्ये ६ जना सोही दीपेन्द्र प्राविकै क्वारेन्टाइनका हुन्। उनीहरुको अहिले दाङको बेलझुण्डिस्थित आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ।

Related Articles

Back to top button
Close