यिनै हुन् आज कोरोना लागेर नि`धन हुने पहिलो नेपाली युवती, बच्चा लाइ सं`सार देखाएरआफु सधैका लागि अस्ताइन !
काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइर`सबाट पहिलो नि`धन भएको पुष्टि गरेको छ। विहिवार धुलिखेल अस्पतालमा कोरोनाकै कारण सुत्केरी महिलाको निधन भएको मन्त्रालयले पुष्टि गरेको हो ।
शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक नि`धन भएको पुष्टि गरेको हो। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ।
ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्ज पछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्।पछि उनलाई श्वास`प्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो।
त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो। महिलाको निधन पछि उनको घर र माइती दुवै गाउँ सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे हो भने माइती गाउँ बलेफी गाउँपालिका हो । बलेफीको ७ र ८ वडालाई सिल गरिएको सिन्धु पाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पुष्टि गरेका छन् ।
सुत्केरीलाई भेट्न उनका माइती गाउँका आफन्त महिलाको घर गएका थिए । त्यसैले माइती गाउँलाई पनि सिल गरिएको हो । त्यसका लागि सेना पनि परिचालन गरिएको छ । माइती र घरको वडावाट मानिसलाई भित्र जान र वाहिर आउन नदिनका लागि प्रहरीलाई सेनाले सघाउने छ ।
धुलीखेल अस्पतालमा उनको उपचारमा संलग्न ३ जना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको छ ।कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसारनै सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्य` घाटतर्फ ल्याइएको छ । प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार महिलाको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने छ।