News

लकडाउनमा कर्म`चारी र श्रमि`कको तलब ऋ`ण लिएर भएपनि खु`वाउन आदेश : तलब काट्न नपा उँने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को म`हामा`रीले वि`श्व लकडा`उनमा छ । नेपालप नि यसको चपेटामा परेको छ । यो बेला कतिपयले आर्जन गर्न सकेका छैनन् । कतिपय ब्यापार, उद्योग, कलकारखाना बन्द छन् ।

त्यसमा काम गर्ने श्रमिक र कर्मचारीपनि घरमा बसेका छन् । घरमा बसेका श्रमिक कर्मचारीला ई पनि तलब खुवाउन आदेश भएको छ । लकडाउनका कारण उत्पन्न भएको समस्याको कारण ५० प्रतिशत तलब कटौती गर्ने निजी क्षेत्रको प्रस्ताव सरकारले अस्विकृत गरिदिएको छ ।

सरकारले तत्कालको लागि ५० प्रतिशत तलब दिएपनि व्यवसाय सुरु भएपछि बाँकी ५० प्रति`शत त`लब रोजगार दाताले दिनु`पर्ने व्यवस्था गरेको छ । ‘रोजगार दाताले बैशाख महिनाको तलब ५० प्रतिशत तत्काल भुक्तानी दिएर बाँकी ५० प्रतिशत तलब ऋण लिएर भएपनि दिनुपर्ने छ,’सरकारले गरेको निर्णयमा भनिएको छ ।

यसको लागि राष्ट्र बैंकले उद्योग प्रतिष्ठानलाई सहुलियत दरमा ऋण लिनको लागि पुनरकर्जाको व्यवस्था मिलाउने काम अर्थमन्त्रालयले गरेको जनाएको छ । सरकारले लकडाउनको कारण दीर्घकालिन प्रभाव पार्ने पर्यटन क्षेत्रले समेत तलब कटौती गर्न नपाउने जनाएको छ । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानले ५० प्रतिशत तलब दिएर बाँकी ५० प्रतिशत तलब खुवाउनको लागि सहुलियत दरमा ऋण लिन सक्नेछन् ।

Related Articles

Back to top button
Close