Corona (COVID-19) UpdatesInternational News

अमेरिकामा कोरोना भाइरसको संक्र`मण निको पार्ने एन्टीबडी बनाइएको दाबी

काठमाडौं – अमेरिकाको एक कम्पनीले कोरोना भाइ`रसको संक्र`म`णलाई ४ दिनमै निको पार्ने एन्टी`बडी बनाइ`एको दाबी गरेको छ । फक्स न्यूजका अनुसार क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको उल्लेख छ ।

अमेरिकी संचारमाध्यम फक्स न्यूजले उसको टिभी च्यानल र डिजिटल पत्रिका दुबैमा एक्ल्युसिभ न्यूज भन्दै प्रकाशित समाचारमा उक्त एन्टीबडी चार दिनभित्रै कोभिड १९ संक्रमण निको बनाउने उल्लेख छ ।

समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ । एस`टी`आई – १४९९ एन्टी`बडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिक बाट उत्पादित सो एन्टीबडी बारे विस्तृत विवरण आजै साँझ सम्ममा सार्वजानिक गर्ने तयारी भएको छ ।

Related Articles

Back to top button
Close