Corona (COVID-19) UpdatesLocal News( SHANKHARAPUR)

बाहिर जिल्लाबाट आएकाहरुको आर.डी.टि. परिक्षण गरियो !!

साँखु, जेष्ठ २ गते शुक्रबार। शंखरापुर न.पा.मा आज बाहिर जिल्ला बाट आएका १९ जनाको सुष्मा काेइराला मेमाेरियल अस्पतालमा आर.डी.टि. रापिड टेष्ट गरिएको छ। उक्त आर.डी.टि. रापिड टेष्टमा सबैको रिपाेर्ट नेगेटिभ अाएकाे स्वास्थ्य शाखाका प्रमुख बिष्णु चापागाईले जनकारी गराउनु भएको छ।

बाहिर जिल्ला पुगेर आएका मानिसहरुबाट भने यहाँका स्थानीय त्रसित छन उनिहरुको RDT मात्र गरेर नपुग्ने र टेकुमै लगेर जाँच गराउनु पर्ने स्थानीयको भनाई रहेको छ।

उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !
ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको छ ।’

साथै उनले घरधनीहरुलाई लकडाउनका बेला घर गएका भाडामा बस्नेहरु पुनः फर्किएर आएमा आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।

जबकी सरकारले वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योगधन्दा, बैंकहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन् भने निर्माणका कामहरु पनि पुनः सुरु भएको छ । यससँगै लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालेका छन् ।

Related Articles

Back to top button
Close