News

ठोरीकाे भार`तीय सीमा क्षेत्रमा वडा-ध्यक्षले विकास बजेट कटाएर लगाए काँडेतार !!!

ठोरी । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषय`लाई लिएर सडक देखि सदन सम्म सीमा क्षेत्रमा काँडे`तार लगाउ`नुपर्ने भन्दै विरोधको आवाज उठि`रहेको बेला पर्साको पश्चि`मी क्षेत्र ठोरी गाउँ`पालिकाका एक वडा`ध्यक्षले भारत सँग जोडि`एको सीमा क्षेत्रमा काँ`डेतार नै लगाइदिएका छन् ।

ठोरी गाउँपा`लिका–३ का वडा`ध्यक्ष सूर्य लामाले भारतको विहार`सँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटे`खोला नजि`कैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमि`टरको दूरीमा काँडेतार लगाएका हुन् ।

वडा`ध्यक्ष लामाले स्थानीय प्रशा`सन, प्रहरी र गाउँ पालिका अध्यक्षको सहयोगमा २०७४ मंसिर बाट तार लगाउन सुरु ग`रिएको र ठुटे खोला देखि ब्रह्मनगर सम्म गरी १९ वटा साना ठूला पि`ल्लर रहेका करिब ५ किलो`मिटर क्षेत्रमा अन्तर्रा`ष्ट्रिय कानुन अनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जान`कारी दिए ।कोरोना संक्र`मणको सन्त्रा`सपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लक`डाउन’पछिको हाल सम्मको अवधि`मा क`रिब १ हजार ५ सय मिटर काँडे`तार लगाइएको छ ।

यो अवधिमा वडा भित्रका भारत`सँग सीमा जोडि`एका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँ`की रहेकामा भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ । सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् ।

‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडा`ध्यक्ष लामाले राजधानीसँग भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’

वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिए । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् । याे खबर राजधानी दैनिकमा छ ।

Related Articles

Back to top button
Close