Corona (COVID-19) Updates

काली`माटी तरकारी बजारका ४ जना`मा र्‍या`पिड टेस्ट रिपोर्ट पोजेटि`भ !!

काठमाडौं । काठ`माडौंको कालि`माटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नो`ष्टिक परीक्षणमा ४ जनाको एन्टि`बडी पाेजेटिभ देखिएकाे छ ।बिहीवार कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नो`ष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरो`नाको एन्टि`बडी पाेजेटिभ देखिएको हो ।

विहीबार ७०० जनाको आरडीटी` र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ ।७ सय जनाको आर`डी`टीबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पाेजेटिभ देखिएकाे काठमाडौं महानगरपालिकाका जन स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्यले खबरहबलाई जानकारी दिए ।

‘र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) विधिबा`ट गरिएको परिक्षणमा ४ जनाकाे रिपोर्ट पाेजेटिभ देखियाे’ उनले भने ।काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडि`यो`मोलोजी तथा रोग नियन्त्रण महाशा`खासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियो ।
`
बजार क्षेत्रभि`त्रबाट बि`क्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्ति`हरुमा कोरोना भाइरस (कोभिड — १९) भए/नभएको पत्ता लगाउन विहीबारबाट स्वास्थ्य परीक्षण थालिएको हो । कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी र`हेका छन् । कालीमाटी तर`कारी तथा फलफूल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानि`सहरुको आवत`जावत हुने गरेको छ।

तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउने गरेको उनले बताए ।उनले भने, ‘कालीमाटीमा २ हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय जना भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ जना कर्मचारी र सुर`क्षाकर्मी रहेका छने भने सर`सफाईमा काम गर्ने २० जना मजदुर छन्।’कोरोना संक्र`मितको सं`ख्या बढ्दै गएपछि काठमाडौं महान`गरले जनप्र`तिनिधि, स्वा`स्थ्यकर्मी, महिला स्वयं`सेविका, सञ्चारकर्मी लगायतको स्वास्थ परीक्षण गर्ने जनाएको छ ।

Related Articles

Back to top button
Close