संक्रमित बढेपछि आजदेखि लकडाउन कडा (बाहिर निस्कनेले थाहा पाउनुपर्ने जानकारीसहित)
काठमाडौं- नेपालमा संक्रमितको सं`ख्या ह्वा`त्तै बढेपछि सरकारले आजदेखि लकडाउनमा पुनः कडाई गरेको छ । मंगलबार यता अस्वा`भाविक तवरले संक्रमित सं`ख्या बढेपछि सरकारले एक जिल्ला र अर्को जिल्ला आवात`जावत गर्नेहरुको पास र`द्द गर्दै कडि`क`डाउ गर्ने निर्णय गरेको हो ।
प्रधान`मन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथा`मसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए ।
अब एउटा जिल्लाबाट अर्कौ जिल्लामा जान रोक लगाइनेछ । अत्याव`श्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्नेछ ।
सञ्चालन हुन पाउने सवारी साधनको आवश्य`कता र अनिवा`र्यतालाई हेरेर छुट दिइनेछ ।गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्य`काको हकमा भने तीनवटै जि`ल्लालाई एउटै जिल्ला सरहको व्यव`हार गरेर कडाई गरिने तयारी भएको छ ।आव`श्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिच`यपत्रको भरमा सडकमा निस्कन पाइने छैन ।
पास लिंदै विभि`न्न बहानामा मानिसहरु सवा`री साधन लिएर सडकमा देखिन थालेपछि सरकारले लक`डाउन कडा` पार्ने निर्णय गरेको हो ।समुदा`यमा कोरोना भाइरस पुगिसके`काले जोखिम कम गर्न सरकारले लक`डाउनमा कडाई गर्न लागेको हो ।
यस्तो छ गृहको नयाँ नियम यस प्रकार छ :
१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपास सहित सबै सवारी पास र`द्द
२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने ।
३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।
४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।
५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।