Lockdown News

भोलि देखि सरकारी कार्या`लय समेत ब`न्द गर्ने त`यारी, घरबाट निस्किने लाई प`क्राउ स`म्म गरिने !!

काठमाण्डौ । भोलि देखि नेपालका सरकारी कार्या`लय समेत बन्द गर्ने तयारी थालि`एको छ । सोमबार सम्म सर`कारी तथा सार्वज`निक कार्या`लयहरु खुल्लै रहेका छन् । सरकारले सरकारी कर्मचारीलाई अनिवार्य रुपमा हाजिर हुन उर्दी जारी गरेपछि ती कार्यालय खुल्लै रहेका हुन् ।

तर, प्रधानमन्त्रीको सम्बोधनअनुरुप अब अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायत सबै कार्यालय ठप्प हुनेछन् । यसको अर्थ सरकारी कार्यालयका कर्मचारीले पनि घरमै बस्न पाउनेछन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले केही बेरपछि यस्तो निर्णय गर्न लागेको समितिका सदस्य तथा एक मन्त्रीले जानकारी दिएका छन् । सरकारी कार्यालय खुल्दा सर्वसाधारणको भीडभाड कम नभएपछि र सोमबार नै काठमाण्डौमा एक कोरोना संक्रमित फेला परेपछि अवस्था जुनसुकै बेला भयावह हुने विश्लेषणसहित सरकारी कर्मचारीलाई विदा दिन लागिएको हो ।

संभवत मंगलबारदेखि नै सरकारी कर्मचारीहरुले पनि घरमै बस्न पाउनेछन् । यसैबीच, मंगलबारदेखि सरकारले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि सर्वसाधारणलाई घरबाट निस्किन दिने छैन । यसका लागि काठमा`ण्डौका विभिन्न क्षेत्रमा प्रहरीले सोमबार बिहानैदेखि मा`इ`किङ समेत गरिरहेको छ ।

बार`म्बार सू`चित ग`र्दा पनि कोही कसैले अटेर गरी घरबाट नि`स्किए उसलाई गिर`फ्तार गरेर कार`बाही गर्ने सम्मको नीति सरकारले लिन लागेको छ । पोखरेल संयो`जक रहेको समितिको बैठक हाल सिंहद`रबारमा बसिरहेको छ । आजको बैठकले अन्य केही मह`त्वपूर्ण निर्णय समेत गर्नसक्ने स्रो`तको दाबी छ ।

Related Articles

Back to top button
Close