News

भारतमा लकडाउन खुुकुलो भएसँगै दिल्ली र पिथौ`रागढ बा`ट धमा`धम नेपाली रातिमा सिमाना काटेर नेपाल भित्रिन थाले !!

महा`का`ली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सश`स्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारे`न्टाइनमा पठा`इएको छ ।लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ ।

सीमानाका ब`न्द हुँदा सश`स्त्र प्रहरीको आँखा छलेर रातिको समयमा स्वदेश फर्कने क्रम जारी रहेपछि पछिल्लो समय निगरानी बढाएको हो । भारतमा लकडाउन खुुकुलो भएसँगै दिल्ली र पि`थौराग`ढबाट धमा`धम नेपाली सीमा पुगेर महा`का`ली तर्न थालेका छन् । भारतले नै नेपाली सीमासम्म गाडी मार्फत पु¥याउने गरेको मजदुरहरु बताउँछन् ।

महाकाली नदीमा ट्युब र पौडी खेलेर नेपाल फर्कने लेकम र लाली क्षेत्रबाट मङ्गलरबार ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाले जनाएको छ ।लेकममा नदी तरेर आएका सात जनालाई कृष्ण स्नातक क्याम्पस लालीको क्वारेन्टाइनमा राखिएको छ । बैतडी पुच्र्यौडीका स्थानीय भारतको पिथौरा`गढबाट आएका हुन् भने लेकमका स्थानी`य दिल्ली हरियानी क्षेत्रबाट फर्किएका हुन् ।

यसैगरी मा`लिकार्जुन गाउँ`पालिकाको उकु क्षेत्रमा महाकालीमा पौडी खेलेर आएका चार जनालाई पनि सशस्त्र प्रह`रीले निय`न्त्रणमा लिएर क्वारेन्टा`इनमा रा`ख्न लगाएको छ ।चैत ११ गतेदेखि लकडाउन शुरु भएसँगै भारतसँग सीमा जोडिएका क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटाएको छ । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैधरूपमा स्वदेश फर्कने क्रम नरोकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताउनुभयो ।

सीमामा सशस्त्र खटिएसँगै दुईवटा ट्युब पनि नियन्त्रणमा लिएको छ । अहिले लेकमको लालीबाट व्या`स सम्मका १० ठाउँमा सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ ।ट्युबमार्पm`त नेपाल आउने व्य`क्तिले रु एक हजार ६०० देखि दुई हजार ५०० सम्म तिर्ने गरेका छन् । भारतले लकडाउ`न खुकुलो गरेर गाडी चल्न दिएपछि दैनिक सयौँ व्यक्ति दार्चुलाका सीमापारि आउन थालेका छन् ।

अर्काको देशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्किएको मालिकार्जुनका खिम`सिंह धामीले बताउनु भयो । अझै नदी तर्न नसकेर पारि`पट्टि थुप्रै मान्छे रोकिएको उहाँले बता`उनुभयो ।अझै पनि सीमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा छन् । दार्चुलाको लाली, जौलजीवि, धार्चुला आस`पासका क्षेत्रमा पनि स्वदेश फर्क`नका लागि नेपाली सी`मामा पुगेको र उनीहरुको रातिको समयमा स्वदेश फर्किने तयारी गरिरहेका छन् ।

Related Articles

Back to top button
Close